Kathmandu Press

डा. केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्ने संघको चेतावनी

काठमाडौं, असोज १४ : स्वास्थ्य सेवा सुधारको माग गर्दै १७ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीमा माग सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकारसँग आग्रह...
डा. केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्ने संघको चेतावनी
Hardik ivfHardik ivf

काठमाडौं, असोज १४ : स्वास्थ्य सेवा सुधारको माग गर्दै १७ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीमा माग सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकारसँग आग्रह गरेको छ। उनको जीवन रक्षाका लागि कठोर कदम चाल्न सक्ने चेतावनी पनि दिएको छ।

बुधबार संघले विज्ञप्ति जारी गरि डा. केसीको १९औं सत्याग्रहको भावना र मर्मलाई सम्मान गरी अबिलम्ब वार्ता टोली गठन गरि उनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको हो। डा. केसीको जीवन रक्षा गर्नु नेपाल सरकारको प्रमुख दायित्व भएकाले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथाशीघ्र समाधान निकाल्न माग गरेको छ।

संघका महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा केसीको सत्याग्रहको आज १७औं दिन भइसक्दा पनि वार्ता टोली गठन गर्न र जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सरकार आफैले डा. केसीसँग १८औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौता अनुसार उनका मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भई सकेको उल्लेख गर्दै चिकित्सक संघले भनेको छ, ‘सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. केसीको जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो। त्यसैले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।’

डा.केसी १७ दिनदेखि सत्याग्रहमा छन्। उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा राखिएको छ। अहिलेसम्म सरकारले वास्ता गरेको छैन।

संघले डा. केसीको जीवन रक्षाका निम्ति कठोर कदमहरु चाल्ने परिस्थिति सिर्जना नगर्न चेतावनी दिँदै वार्ताका लागि सहजीकरणको भूमिका निर्वाह तयार रहेको समेत उल्लेख गरिएको छ।

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्