Kathmandu Press

रुपन्देही र कपिलवस्तुमा कोरोनाबाट दुई जनाको मृत्यु

बुटवल, असोज १४ : रुपन्देही र कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।आज बिहान १० बजे बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देहीको...
रुपन्देही र कपिलवस्तुमा कोरोनाबाट दुई जनाको मृत्यु

बुटवल, असोज १४ : रुपन्देही र कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

आज बिहान १० बजे बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देहीको देवदह नगरपालिका–११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले बताए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज ११ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो।

उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पताल फोकल पर्सन डा. थापाले बताए। यससँगै अस्पतालमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ।

त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ की ५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ। उनको आज बिहान ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।  

उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो।

असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताए। यससँगै कपिलवस्तुमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।

प्रकाशित मिति: १८:५० बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्