Kathmandu Press

कोरोना संक्रमणबाट सप्तरीका ३९ वर्षीय युवकको मृत्यु

काठमाडौं, असोज १४ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।विज्ञान प्रतिष्ठनको कोभिड १९ अस्पतालमा...
कोरोना संक्रमणबाट सप्तरीका ३९ वर्षीय युवकको मृत्यु

काठमाडौं, असोज १४ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

विज्ञान प्रतिष्ठनको कोभिड १९ अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजेर १० मिनेटमा राजविराज ४, सप्तरीका ३९ वर्षीय पुरुषको मृत्यु भएको हो।  

प्रतिष्ठानका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

मृतकलाई विराटनगरस्थित गोल्डेन हस्पिटलले रेफर गरेपछि बीपी प्रतिष्ठानमा भर्ना भएका थिए। उनलाई उच्चरक्तचाप, विगत १० बर्षदेखि मधुमेह र मिगौलाको समस्या भएर डाइलाइसिस समेत भईरहेको थियो । 

प्रकाशित मिति: १४:४० बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्