Kathmandu Press

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १३ : कर्णाली प्रदेशमा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्ज मेडिकल...
कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १३ : कर्णाली प्रदेशमा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका संक्रमितमध्ये सुर्खेतका ३४ जना रहेका छन्। त्यस्तै कालिकोटका चार जना, दैलेखका तीन जना, जुम्ला र हुम्लाका दुई/दुईजना, डोल्पा र जाजरकोटका एकरएकजना र अन्य प्रदेशका चार जना रहेका छन्।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४९४ पुगेको छ।

संक्रमितमध्ये हालसम्म २९०५ कोरोनामुक्त भएका छन्। 

प्रदेशमा हाल ४५६ जना कोरोना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: २३:२४ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्