Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंमा तीन जनाको मृत्यु

काठमाडौं, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई पुरुष र एक...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंमा तीन जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका ६० र ७० वर्षीय पुरुष तथा ५७ वर्षीया महिला रहेका छन्।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। 

प्रकाशित मिति: २२:२६ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्