Kathmandu Press

बझाङ घटनाबारे बुझ्न संसदीय समितिले बोलायो गृहमन्त्री

काठमाडौं, असोज १३ : बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाबारे बुझ्न संसदीय समितिले गृहमन्त्री रामबहादुर थापालाई बोलाएको छ।प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले...
बझाङ घटनाबारे बुझ्न संसदीय समितिले बोलायो गृहमन्त्री

काठमाडौं, असोज १३ : बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाबारे बुझ्न संसदीय समितिले गृहमन्त्री रामबहादुर थापालाई बोलाएको छ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री थापालाई छलफलका लागि बुधबार बोलाएको हो। बुधबारको बैठकमा गृहमन्त्री थापासँग बझाङ घटनाबारे छलफल गरिन लागेको समिति सभापति शही श्रेष्ठले बताइन्।

१२ वर्षीया बालिकाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव अझै पनि जिल्ला अस्पतालमै रहेको छ। दोषीलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन्।

आजको बैठकमा समितिका सदस्यहरुले त्यस विषयमा पनि छलफल भएको थियो। यसबारे विस्तृत रुपमा छलफल गर्नुपर्ने भएपछि बुधबार गहृमन्त्री थापालाई बोलाइएको हो।

 

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्