Kathmandu Press

कोरोनाबाट १० महिनामा १० लाखभन्दा बढीको मृत्यु

काठमाडौं, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट संसारभर १० महिनामा १० लाखभन्दा बढीको मृत्यु भएको छ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार मंगलबार बिहानसम्म संसारभर...
कोरोनाबाट १० महिनामा १० लाखभन्दा बढीको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट संसारभर १० महिनामा १० लाखभन्दा बढीको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार मंगलबार बिहानसम्म संसारभर कोरोनाबाट १० लाख ६ हजार तीन सय ८१ जनाले ज्यान गुमाएका छन्। सबैभन्दा बढी अमेरिकी नागरिकको ज्यान गएको छ।

गत डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा कोरोना संक्रमण देखिएको थियो। त्यसयता संसारका सबै क्षेत्रमा संक्रमण फैलिएको छ।

यो अवधिमा तीन करोड ३५ लाख ५२ हजार चार सय ८३ जनामा संक्रमण देखिएको छ। जसमध्ये १० लाख ६ हजार तीन सय ८१ जनाको मृत्यु भएको छ भने दुई करोड ४८ लाख ८१ हजार एक सय ५६ जना निको भएका छन्।

अझै ७६ लाख ६४ हजार नौ सय ४६ जनामा संक्रमण रहेको छ। जसमध्ये ६५ हजार तीन सय १८ जना गम्भीर रहेका छन्।

अहिलेसम्म बन्द भएका केसहरुमध्ये चार प्रतिशतको मृत्यु भएको छ। त्यस्तै, ९६ प्रतिशत संक्रमित निको भएका छन्।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा दुई लाख नौ हजार आठ सय आठ जनाको ज्यान गएको छ। अहिलेसम्म अमेरिकामा संक्रमण देखिएका ७३ लाख ६१ हजार ६ सय ११ जनामध्ये ४६ लाख नौ हजार ६ सय ३६ जना निको भएका छन्।

त्यस्तै, दोस्रो नम्बरमा रहेको भारतमा ६१ लाख ४५ हजार दुई सय ९१ जनामा संक्रमण देखिएको छ। यसमध्ये ९६ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ भने ५१ लाख एक हजार तीन सय ९७ जना निको भएका छन्।

कोरोनाको उद्गमस्थल चीन भने सुरक्षित देखिएको छ। कोरोना संक्रमितको संख्याका आधारमा चीन ४४औं नम्बरमा रहेको छ। चीनमा ८५ हजार तीन सय ८४ जना संक्रमितमध्ये चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ। चीनमा ७९ हजार ६७ जना निको भएका छन्।

नेपालमा पनि चीनको नजिकनजिक पुग्ने तरखरमा छ। ४८औं नम्बरमा रहेको नेपालमा ७४ हजार सात सय ७५ जनामा संक्रमण देखिएको छ। जसमध्ये चार सय ८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६ सय ४० जना निको भएका छन्।

प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्