Kathmandu Press

विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु 

काठमाडौं, असोज १३ : विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको...
विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु 

काठमाडौं, असोज १३ : विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनवर्षी नगरपालिकाकी ७ की ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । असोज १० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको आज बिहान ३ बजे निधन भएको अस्पतालले जनाएको छ । 

त्यसैगरी विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ। कोशी अस्पतालमा भर्ना गरिएको केही बेरमै उनलेको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको भन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको हो । 

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्