Kathmandu Press

मन्त्रिपरिषद् पुनर्गठनबारे सोमबार पनि जुटेन ओली-प्रचण्डबीच सहमति

काठमाडौं, असोज १२ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भएको छलफल सहमतिविनै टुंगिएको छ। सोमबार...
मन्त्रिपरिषद् पुनर्गठनबारे सोमबार पनि जुटेन ओली-प्रचण्डबीच सहमति

काठमाडौं, असोज १२ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भएको छलफल सहमतिविनै टुंगिएको छ। 

सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल विना निष्कर्ष टुंगिएको हो। मन्त्रिपरिषद् पुनर्गठन कुन मापदण्डका आधारमा गर्ने भन्ने विषयमा सहमति अझै जुट्न नसकेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। 

“सोमबारको छलफल पनि मन्त्रिपरिषद् पुनर्गठनका विषयमै केन्द्रित रह्यो कस्तो विधि र मापदण्डलाई आधार मान्दै मन्त्रीहरु चयन गर्ने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन,’ प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले भने।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्री हेरफेरका सवालमा मतभेद देखिएको छ। ओली अवसर नपाएका नयाँ व्यक्तिलाई मन्त्रिपरिषद्‍मा पठाएर तत्काल पुनर्गठनका पक्षमा छन् भने अध्यक्ष प्रचण्ड उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ नहुन्जेलसम्म कुर्नुपर्ने मत राख्छन्। 

पुनर्गठन हुने मन्त्रिपरिषद्माअ प्रतिनिधित्वको संख्याका विषयमा पनि दुई अध्यक्षबीच सहमति जुट्न सकेको छैन। यसपटक १० वटा मन्त्रालय पूर्वमाओवादी समूहले पाउनुपर्ने प्रचण्डको अडान छ। त्यसमा ओलीले सकारात्मक देखिएका छन्। 

पार्टीभित्रको शक्ति सन्तुलन र उचित भागबन्डा मिलाउनुपर्ने भएपछि मन्त्रालय विभाजन गरेर २१ बाट २४ पुर्‍याउने तयारी गरिएको छ। 
 

प्रकाशित मिति: २१:१९ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्