Kathmandu Press

धरानमा कोरोनाबाट ३८ वर्षीया युवतीको मृत्यु

धरान, असोज १२ : कोरोना भाइरसको संक्रमणबाट धरानमा ३८ वर्षीया युवतीको मृत्यु भएको छ।आज बिहान धरान उपमहानगरपालिका २ की युवतीको उपचारका क्रममा मृत्यु...
धरानमा कोरोनाबाट ३८ वर्षीया युवतीको मृत्यु

धरान, असोज १२ : कोरोना भाइरसको संक्रमणबाट धरानमा ३८ वर्षीया युवतीको मृत्यु भएको छ।

आज बिहान धरान उपमहानगरपालिका २ की युवतीको उपचारका क्रममा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। कोरोनाको उपचारका क्रममा बिहान ५ः४५ बजे ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए।

उनी स्वास्थ्य समस्या देखिएपछि गएराति ११ः४५ बजे अस्पताल भर्ना भएकी थिइन्। अस्पताल भर्ना गरेपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। आज आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको प्रवक्ता डा. सापकोटाले बताए।

अस्पतालका अनुसार उनी दीर्घ रोगी हुन्। उनी सिकिस्त भएपछि अस्पताल आएकाले बचाउन नसकिएको प्रतिष्ठानले जनाएको छ।

योसँगै प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ३५ पुगेको छ।

 

प्रकाशित मिति: २०:३८ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्