Kathmandu Press

डा.केसीको समर्थनमा आवासीय चिकित्सक आन्दोलित

काठमाडौं, असोज १२ : स्वास्थ्य सेवा सुधारको माग गरि १५ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीको समर्थनमा आवासीयचिकित्सक पनि आन्दोलित भएका छन्। उनीहरुले डा.केसीका...
डा.केसीको समर्थनमा आवासीय चिकित्सक आन्दोलित

काठमाडौं, असोज १२ : स्वास्थ्य सेवा सुधारको माग गरि १५ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सक पनि आन्दोलित भएका छन्। उनीहरुले डा.केसीका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

सोमबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकहरूले संयुक्त विज्ञप्ति जारी गरि डा.केसीको सत्याग्रहप्रति समर्थन जनाएका छन्। सत्याग्रहको १५ दिन हुँदा पनि सरकारले चासो नदेखाएकोमा असन्तुष्टि प्रकट गरेका छन्।

नेसनल डाक्टर्स एसोसियसन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा. शुवास देवकोटा, रेसिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराई र विपी प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. राजेन्द्र घिमिरेले जारी गरेको विज्ञप्तिमा डा.केसीको स्वास्थ्य अवसथा बिग्रिदै गएकाले तत्काल उनका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। अन्यथा आफूहरु पनि कडा आन्दोलनमा उत्रिन बाध्य हुने आवासीय चिकित्सकहरुले चेतावनी दिएका छन्।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सहरूले केही दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहेका छन्। सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सेवा दिइरहेको उनीहरुले जनाएका छन्।

 

प्रकाशित मिति: १९:१९ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्