Kathmandu Press

उपचार गर्न नसकेर चर्चित गीतकार अभिलाषको निधन

मुम्बई, असोज १२ : कलेजो क्यान्सरबाट पीडित भारतका चर्चित गीतकार अभिलाषको निधन भएको छ। आर्थिक अभावले उपचार गर्न नसकेर उनको निधन भएको जनाएको...
उपचार गर्न नसकेर चर्चित गीतकार अभिलाषको निधन

मुम्बई, असोज १२ : कलेजो क्यान्सरबाट पीडित भारतका चर्चित गीतकार अभिलाषको निधन भएको छ। आर्थिक अभावले उपचार गर्न नसकेर उनको निधन भएको जनाएको छ।

गीतकार अभिलाषको सोमबार निधन भएको हो। उनको बिहान मुम्बईस्थित निवासमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी १० महिनादेखि कलेजोको क्यान्सरसँग लडिरहेका थिए। चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएका थिए। तर, आर्थिक अभावले १० महिनासम्म कलेजो प्रत्यारोपण गर्न सकिएको थिएन।

उनकी पत्नी निराले दुई दिन अघि अभिलाषको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन्। उनले उपचारका लागि आर्थिक सहयोग मागेकी थिइन्।

अभिलाषको परिवारले आफूसँग भएको धनसम्पत्ति उनको उपचारमा खर्च गरेका थिए। जसले गर्दा आर्थिक अभाव झेल्नु परेको थियो। केही शुभचिन्तकले सहयोग पनि गर्दै आएका थिए। तैपनि, कलेजो प्रत्यारोपण सम्भव भएको थिएन्।

अभिलाषले थुप्रै बलिउड फिल्मका लागि गीत लेखेका थिए।

प्रकाशित मिति: १७:४० बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा