Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए कोरोनाका ८०९ नयाँ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको हो। 
काठमाडौं उपत्यकामा थपिए कोरोनाका ८०९ नयाँ संक्रमित
Hardik ivfHardik ivf

काठमाडौं, असोज ११ : काठमाडौं उपत्यकामा आइतबार थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ३३, ललितपुरमा एक सय चार र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको हो। 

त्यस्तै, आइतबार देशभरको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ। संक्रमितमध्ये ६१ हजार ८८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४८७ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर ८८५ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:१९ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्