Kathmandu Press

यस्तो छ सौगात र सृष्टिको ‘तीन जन्तु’को टिजर

काठमाडौं, असोज ११ : अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म  ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ।कोरोना भाइरसको महामारीका कारण गरिएको...
यस्तो छ सौगात र सृष्टिको ‘तीन जन्तु’को टिजर

काठमाडौं, असोज ११ : अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म  ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ।

कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनले फिल्म निर्माण रोकिएको थियो। यस फिल्मको निर्देशन अर्पण थापाले गरेका छन्।

फिल्ममा सौगात र सृष्टिसँगै अर्पण थापा, रविन तामाङ, कालु रानाको मुख्य भूमिका रहेको छ। हरि तामाङ, सन्तोष अधिकारी र केल्ली जोय मिलेर निर्माण गरेको फिल्म आगामी पुष १७ गतेबाट रिलिज हुने जनाएको छ।

आलोक शुक्लाको छायाँकन रहेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। यसलाई रिच इन्टरटेन्मेन्ट, जीजीए ग्रूप र एफडी कम्पनीले वितरण गर्ने भएको छ।

 

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्