Kathmandu Press

कोरोना संक्रमणबाट विदेशमा रहेका २ सय ६५ नेपालीको मृत्यु

काठमाडौं, असोज ११ : कोरोना भाइरस संक्रमणबाट एक सातामा विदेशमा रहेका थप २१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार साउदी अरेबियामा...
कोरोना संक्रमणबाट विदेशमा रहेका २ सय ६५ नेपालीको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, असोज ११ : कोरोना भाइरस संक्रमणबाट एक सातामा विदेशमा रहेका थप २१ जना नेपालीको मृत्यु भएको छ। 

गैरआवासीय नेपाली संघका अनुसार साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ। 

योसहित कोरोना संक्रमणबाट विदेशमा रहेका नेपालीहरुको मत्यु हुनेको संख्या २ सय ६५ पुगेको छ। 

साथै, हालसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना संक्रमति भएका छन्।

तीमध्ये ३५ हजार ७८ जना कोरोनामुक्त भएका एनआरएनएले जनाएको छ।

प्रकाशित मिति: १७:५१ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्