Kathmandu Press

सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य हुँदैन : महासंघ

काठमाडौं, असोज ११ : सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ।महासंघले प्रेस विज्ञप्ति जारी गरि सार्वजनिक...
सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य हुँदैन : महासंघ

काठमाडौं, असोज ११ : सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ।

महासंघले प्रेस विज्ञप्ति जारी गरि सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले गरेको सिफारिसमा सामुदायिक वन र उपभोक्ता समूहलाई प्राप्त कानूनी र स्वायत्त अधिकारहरु कटौती हुने अवस्था देखिएकाले त्यसलाई सच्याउनुपर्ने माग गरेको छ। उपभोक्ता समूहको अधिकारसहितको सहभागिताबिना चुरे वन क्षेत्र र तराई मधेसको वन संरक्षण हुन सक्दैन, विज्ञप्तिमार्फत महासंघका अध्यक्ष भारती पाठकले भनिन्।

यसैगरी महासंघले उपभोक्ता समूहले नै स्वतन्त्ररूपमा वन पैदावारको मूल्य निर्धारण गरी बिक्री वितरण गर्न पाउने कानूनी व्यवस्था भएकाले सङ्कलन भएका सालका काठसहितका वन पैदावारहरु सङ्कलन, बिक्री वितरण र ओसारपसार गर्न दिन सरकासँग माग गरेको छ।

सामुदायिक वन उपभोक्ता समूहले स्थापनाकालदेखि नै कानूनबमोजिम उत्पादित वन पैदावार स्वतन्त्ररूपमा बिक्री वितरण गरिरहेको अधिकारलाई कमजोर गराउने गरी संसदीय उपसमितिले सरकारमार्फत बिक्री वितरण गरी समुदायमा रकम पठाउने प्रस्ताव गर्नु सामुदायिक वनको कानूनविपरीत भएकाले उक्त व्यवस्था खारेज गर्नसमेत आग्रह गरेको छ।

सामुदायिक वनलाई असफल बनाउनमा तल्लीन प्रवृत्तिका कारण सामुदायिक वनको स्वायत्ततामा गम्भीर आघात परेको दाबी गर्दै महासङ्घले वैज्ञानिक वनका नाममा सामुदायिक वनको स्वायत्ततामा हस्तक्षेप गर्न र उपभोक्ता समूहलाई कारवाही गर्न नमिल्ने पनि महासंघको ठहर छ।

त्यस्तै, वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न संसदीय उपसमितिले गरेको सिफारिसको स्वागत गरेको छ।
महासंघले एक विज्ञप्ति जारी गरी समुदायको अधिकार विरोधी वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्