Kathmandu Press

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट

बझाङ, असोज ११ : बझाङको मस्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ।असोज ७ गते घरबाट...
१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट

बझाङ, असोज ११ : बझाङको मस्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ।

असोज ७ गते घरबाट गोठमा गाईभैसीलाई घास हाल्न गएकी बालिका गाउँनजिकैको शिव मन्दिरमा मृत भेटिएकी थिइन्। उनको शरीरको तत्लो भागमा लुगा थिएन भने यौनांगबाट रगक बगेको थियो। उनका बाजेले असोज ९ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा किटानी जाहेरी दिएका थए। जोहरीमा बालिकाको बलात्कारपछि हत्या गरिएको दाबी गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ। यौनांगमा भित्री र बाहिरी चोटहरु देखिएको रिपोर्टमा जनाएको छ।

उनको टाउको, अनुहार र पिठ्यूँमा पनि चोट छ, त्यस्तै, कलेजो च्यातिएको पनि पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। जसले गर्दा मृत्यु भएको जनाएको छ। उनलाई कुट्दा कलेजोमा चोट लागेको हुनसक्ने प्रहरीको अनुमान छन।

जिल्ला अस्पताल बझाङले शनिबार जिल्ला प्रहरी कार्यालयलाई पोस्टमार्टम रिपोर्ट बुझाएको हो। पोस्टमार्टम रिपोर्ट आएपछि शनिबार नै जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ। उनलाई जबरस्तीकरणी र हत्यामा अनुसन्धानका लागि म्याद थप गरेर हिरासतमा राखिएको डिएसपी खड्काले बताए। घटनाको अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए।

बालिकाको हत्यापछि स्थानीय बासिन्दा र विद्यार्थी प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै शनिबार पनि सदरमुकाममा प्रदर्शन गरेका थिए।

 

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्