Kathmandu Press

हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले बनायो कार्यदल 

काठमाडौं, असोज ८ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गर्न अध्ययन...
हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले बनायो कार्यदल 

काठमाडौं, असोज ८ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गर्न अध्ययन समिति बनाएको छ। 

बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने विषयमा अध्ययन  गर्न कार्यदल गठन गरेको हो।

बैठकले पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गठन गरेको हो।

उक्त कार्यदलमा अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने गरिनेछ। कार्यदलले हप्तामा दुई दिन बिदा दिनेबारे  प्रस्ताव तयार पारिपछि मन्त्रिपरिषद्मा पेश गरिने मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ।

त्यस्तै, बैठकले पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभाकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रुपमा कार्यक्रम बनाएर आउँदो अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ। 

बैठकले हप्ता दिनभित्र हवाई इन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडाबारे ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन दिएको छ। 

बैठकमा मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण, अनुगमन, मूल्यांकन र निरीक्षण गर्न समेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएका थिए।
 

प्रकाशित मिति: २१:२८ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्