Kathmandu Press

शशांक कोइराला निको भए, स्वकीय सचिवलाई कोरोना

काठमाडौं, असोज ८ : कांग्रेस महामन्त्री डा.शशांक कोइराला कोरोनाबाट निको भएका छन्। तर, उनका सहयोगीलाई भने कोरोना संक्रमण देखिएको छ।बुधबार आएको उनको कोरोना...
शशांक कोइराला निको भए, स्वकीय सचिवलाई कोरोना

काठमाडौं, असोज ८ : कांग्रेस महामन्त्री डा.शशांक कोइराला कोरोनाबाट निको भएका छन्। तर, उनका सहयोगीलाई भने कोरोना संक्रमण देखिएको छ।

बुधबार आएको उनको कोरोना परीक्षण रिपोर्टमा नेगेटिभ देखिएको डा.कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए। उनको स्टार अस्पातालमा पीसीआर परीक्षण गरिएको थियो। उनलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। केही दिन घरमै बसेपनि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

उनको चाबहिलस्थित ओम अस्पतालमा उपचार भएको थियो। भदौ ३० गते अस्पताल भर्ना भएका उनी चार दिनपछि डिस्चार्ज भएका थिए। त्यसयता उनी होम आइसोलेसनमा बसिरहेका छन्।

डा.कोइराला कोरोनामुक्त भएपनि उनका स्वकीय सचिव भरत तिवारीलाई संक्रमण देखिएको छ। बुधबार आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको हो। उनले मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गराएका थिए। अहिले उनी होम आइसोलेसनमा बसिरहेका छन्।

प्रकाशित मिति: १९:५५ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्