Kathmandu Press

भारतले भूकम्पपछिको पुनर्निमार्णका लागि दिने भनिएको एक अर्ब ५४ करोडको चेक अर्थसचिवलाई हस्तान्तरण 

काठमाडौं, असोज ८ : भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि गरेको सहयोग प्रतिबद्धता अनुरुपको १ अर्ब ५४ करोडको चेक हस्तान्तरण गरेको छ। मंगलबार भारतीय राजदूतावासका नियोग...
भारतले भूकम्पपछिको पुनर्निमार्णका लागि दिने भनिएको एक अर्ब ५४ करोडको चेक अर्थसचिवलाई हस्तान्तरण 
Hardik ivfHardik ivf

काठमाडौं, असोज ८ : भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि गरेको सहयोग प्रतिबद्धता अनुरुपको १ अर्ब ५४ करोडको चेक हस्तान्तरण गरेको छ। मंगलबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ सचिव शिशिर कुमार ढुङ्गानालाई चेक हस्तान्तरण गरेकी हुन्।

भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो। सोही प्रतिबद्धता अनुसार चेक हस्तान्तरण गरिएको दुतावासले जनाएको छ। 

चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ। भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ।

भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिवद्धता गरेको छ। यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४ दशमलव २ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ।

प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्