Kathmandu Press

विवाहको कानूनी व्यवस्था नहुँदा समलिङ्गी तथा तेश्रोलिङ्गी समस्यामा 

काठमाडौं, असोज ८ : यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय (समलिङ्गी तथा तेश्रोलिङ्गी) का अधिकारहरुका बारेमा संविधानमा व्यबस्था भएपनि अझै पनि कतिपय बिषयहरु कार्यान्वयन हुन...
विवाहको कानूनी व्यवस्था नहुँदा समलिङ्गी तथा तेश्रोलिङ्गी समस्यामा 

काठमाडौं, असोज ८ : यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय (समलिङ्गी तथा तेश्रोलिङ्गी) का अधिकारहरुका बारेमा संविधानमा व्यबस्था भएपनि अझै पनि कतिपय बिषयहरु कार्यान्वयन हुन नसकेको र सरकार उदासिन बनेको भन्दै दुख व्यक्त गरेका छन् ।

ब्लू डाइमण्ड सोसाईटीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा नेपालको संविधानले यौनिक तथा लैगिक अल्पसंख्यकका लागि विभिन्न कुराहरु राख्नु सकरात्मक भएतापनि आफ्ना कतिपय मागहरुबारे सरकार वेखबर रहेको गुनासो गरेका हुन् ।  

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका बारेमा संविधानमै महिला र पुरुष पछि ‘अन्य’ भनेर राखिनु सुखद पक्ष रहेको र सरकारले हालसम्म यस समुदायका लागि गरेका कार्यहरु सकारात्मक रहेपनि अझै वढाउदै लैजानुपर्ने एलजिबिटिआईका अनुज पिटर राईले बताए।

युरोप, अमेरिका लगायतका बिकासोन्मुख देशहरुमा समेत यो समुदायका बारेमा प्रभावकारी कार्य हुन नसकेपनि नेपालमा एकपछि अर्को सफलता हात पार्नु यो समुदायको लागि गौरबको कुरा रहेको उनको भनाइ थियो । 

यस्तै, सिनियर म्यानेजमेन्ट प्रकाश निरौलाले २०६५ सालमा सर्वोच्च अदालतले यस समुदायका लागि गरेका निर्णय, गृह मन्त्रालयलाई गरेका विभिन्न परिपत्र र हाल विभिन्न फर्महरुमा लिङ्ग छनौटमा ‘अन्य’ उल्लेख गर्नु  निकै सकारात्मक भएको र आफूहरुको पनि समाजमा अस्तिव रहेको भन्दै खुसी ब्यक्त गरे । 

आजसम्म पनि यो समुदायलाई नीतिगत तहमा जानबाट रोकिनु, बिबाह गर्न रोकिनु र कुनै कानुनी व्यबस्था नहुनु, व्यक्ति–व्यक्ति बीचको विवाहलाई मान्यता नदिनु, बिवाह भन्ने वित्तिकै महिला–पुरुषबीचको सम्बन्धलाई मात्र मान्यता दिनु लगायतका नेपालका कानुनहरु परिमार्जन हुन जरुरी रहेको निरौंलाको भनाइ थियो । 

यस्तै नागरिकता र राह्दानी सहजै पाउनुपर्ने, सबै क्षेत्र र संघसंस्थामा खुलेर काम गर्ने प्राबधान मिलाउनुपर्ने लगायतका माग उनीहरुको रहेको छ । यस्तै विश्वभर फैलिएको कोरोना महामारीका कारण गरिएको लकडाउनमा आफूहरुको समुदायका लागि राज्यले वेवास्ता गरेको भन्दै उक्त समुदायकी एन्जल लामाले गनासो समेत गरिन् । 

कार्यक्रममा कोभिड–१९ को लकडाउनको समयमा यो समुदायका १२ जनाले आत्महत्या गरेको जानकारी गराईयो । उनीहरुमध्ये धेरै जना एक्लोपन र केही डिप्रेसनका कारणले आत्महत्याको बाटो रोज्न बाध्य भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्