Kathmandu Press

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २० लाख 

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २० लाख 
Hardik ivfHardik ivf

काठमाडौं, असोज ८ : विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ३ लाख ११ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै भारतमा ८९ हजार ६८८, अमेरिकामा ३९ हजार ५३५ तथा ब्राजिलमा ३२ हजार ४४५ जना संक्रमित थपिएका छन् । यस्तै अर्जेन्टिनामा १२ हजार ६२५, फ्रान्समा १३ हजार तथा बेलायतमा ६ हजार बढी संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४२३ जनाको मृत्यु भएको छ । भारतमा ११ सय ५२, अमेरिकामा १ हजार ५२ तथा ब्राजिलमा ९ सय ६ जनाको मृत्यु भएको छ ।  

यो सहित विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको कुल संख्या ९ लाख ८१ हजार पुगेको छ । २ करोड ३६ लाख भन्दा बढी मानिस भने उपचारपछि निको भएका छन् । 

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्