Kathmandu Press

नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असोज ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा समेटिएर प्रकाशित गरिएको पुस्तक वितरणमा रोक लगाएका छन् ।पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको...
नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असोज ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा समेटिएर प्रकाशित गरिएको पुस्तक वितरणमा रोक लगाएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको  ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तक वितरण तथा थप छपाई नगर्न शिक्षा मन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

उक्त पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१ दशमलव २८ वर्ग किलोमिटर भएको उल्लेख छ। नयाँ नक्सामा नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमी रहेको थियो।

प्रकाशित मिति: २२:३६ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्