Kathmandu Press

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, असोज ६ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरोलो लागेको छ। यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से...
नेप्सेमा दोहोरो अंकको गिरावट
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरोलो लागेको छ। यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो। सोही क्रममा आज नेप्से २२ दशमलव ९१ ले ओरोलो लागेर एक हजार ५४६ दशमलव १५ मा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ८४ ले ओरोलो लागेर ३०७ दशमलव ३९ मा पुगेको छ। कूल १९९ कम्पनिको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।

आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ। बैंकिङ २२ दशमलव ३६, व्यापार २ दशमलव १३, होटल १५ दशमलव ०६, विकास बैंक ४० दशमलव ३, जलविद्युत् २४ दशमलव ९१, वित्त १२ दशमलव ४९, निर्जीवन बीमा ११२ दशमलव ६६, उत्पादन ३५ दशमलव ०४, अन्य ७ दशमलव २२, लघुवित्त २३ दशमलव २४, जीवन बीमा १०९ दशमलव ४७ र सामूहिक लगानी कोष ० दशमलव ०८ ले ओरालो लागेको छ।

कारोवारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३१ करोड ९५ लाख ४४ हजार १८३ रुपैयाँ बराबरको कारोवार भएको छ। नेपाल बैंक लिमिटेड १९ करोड ११ लाख ११ हजार १८६ रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी १२ करोड ४४ लाख ७६ हजार ८२३ रुपैयाँ, एनएमबी बैंक सात करोड ४२ लाख २४९ रुपैयाँ, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सात करोड आठ लाख ५३ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड २३ लाख ६७ हजार ७८७ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन्।

यूनाइटेड फाइनान्स ६ दशमलव ८२, बरुण हाइड्रोपावर ४ दशमलव ६५, पञ्चकन्या माई हाइड्रोपार ३ दशमलव ६७ र तारागाँउ रिजेन्सी होटल ३ दशमलव २९ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले २ दशमलव १३ प्रतिशतले कमाएका छन्। त्यस्तै, लिवर्टी इनर्जी ९ दशमलव ८८, घलेम्दी हाइड्रो ९ दशमलव ४७, यूनाइटेड मोदी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर ८ दशमलव ०५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ७ दशमलव ९५ प्रशितले गुमाएका छन्।

प्रकाशित मिति: २२:२३ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्