Kathmandu Press

आईपिएलस् विराटको बेंग्लोर १० ले विजयी

काठमाडौं, असोज ६ : विराट कोहलीको कप्तानीमा रहको रोयल च्यालेन्जर्स बैंग्लोर आईपिएलको पहिलो खेलमा जित निकालेको छ । सोमबार दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट...
आईपिएलस् विराटको बेंग्लोर १० ले विजयी
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : विराट कोहलीको कप्तानीमा रहको रोयल च्यालेन्जर्स बैंग्लोर आईपिएलको पहिलो खेलमा जित निकालेको छ । सोमबार दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा भएको खेलमा बेंग्लोरले सनराइजर्स हैदरावादलाई १०ले हराएको हो । 

पहिला ब्याटिङ गर्दै बेंग्लोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा अलआउट हुँदै १५३ रन मात्र बनाउन सक्यो । उसका लागि जोनी बेइस्ट्रोले सर्वाधिक ६१ रन बनाए भने मनिष पाण्डेले ३४ रन बनाए । 

बेइस्ट्रोले ४३ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे भने पाण्डेले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अन्यले गतिलो योगदान नदिँदा हैदरावाद पराजित भयो । बेंग्लोरका लागि चहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने नवदीप सैनी र शिवम दुवेले २ विकेट लिए । 

यसअघि पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनायो । आईपिएलमा डेब्यू गरिरहेका पाडिकलले ४२ बलमा ८ चौका प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए भने भिलियर्सले ३० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाए । 

यस्तै, आरोन फिन्चले २९ रन बनाए भने कप्तान केहलीले १४ रनको योगदान दिए । हैदरावादका टि नटराजन, विजय शंकर र अविशेक शर्माले समान १ विकेट लिए ।

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्