Kathmandu Press

नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, असोज ४ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिशडाँडामा सुरु भएको छ।अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको...
नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु
पेरिशडाँडामा सुरु भएकाे नेकपा सचिवालय बैठक। तस्बिर : प्रचण्डकाे सचिवालय

काठमाडौं, असोज ४ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिशडाँडामा सुरु भएको छ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा सचिवालय बैठक सुरु भएको हो। यस अघि प्रधानमन्त्री निवास बालुवाटार तथा धुम्बाराहीमा बस्दै आएको बैठक पहिलो पटक पेरिशडाँडामा सुरु भएको हो।

नेकपा (एमाले) र माओवादी एकीकरण भएपछि दुवै पार्टीले प्रयोग गर्दै आएका केन्द्रीय कार्यालयलाई पनि पार्टी तथा संगठनका कार्यालय तोकिएको थियो।

धुम्बाराहीस्थित एमालेको कार्यालयलाई नेकपाको कार्यालय तोकिएको थियो भने माओवादीको कार्यालयलाई जनवर्गीय संगठनको कार्यालय तोकिएको थियो। त्यसयता पेरिशडाँडामा पार्टीको बैठक बस्न सकेको थिएन।

आइतबार पेरिशडाँडामा सुरु भएको बैठकमा स्थायी कमिटीले पारित गरेका एजेन्डाका विषयमा छलफल हुने जनाएको छ। भदौ २६ गतेको नेकपा स्थायी कमिटीको बैठकले दुवै अध्यक्षको कार्यविभाजनसँगै सरकार पुर्नगठनलगायतका विषयसहितको दुवै अध्यक्षको प्रस्ताव पारित गरेको थियो।

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, असोज ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्