Kathmandu Press

मौसम पुर्वानुमान : हल्का बर्षाको सम्भावना 

काठमाडौं, असोज ४ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । आइतबार महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्यून...
मौसम पुर्वानुमान : हल्का बर्षाको सम्भावना 
Hardik ivfHardik ivf

काठमाडौं, असोज ४ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । आइतबार महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

महाशाखाले हाल बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । यसैगरी, दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, राति देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, असोज ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्