Kathmandu Press

कोरोना भाइरसबाट ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण

काठमाडौं, असोज ४ : विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ९० हजार...
कोरोना भाइरसबाट ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण

काठमाडौं, असोज ४ : विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ८१ हजार ८१८ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार १३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३ पुगेको छ । एकै दिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २५ लाख ७० हजार ४६७ पुगेको छ ।

निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो । 

प्रकाशित मिति: १२:५० बजे, आइतबार, असोज ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्