Kathmandu Press

तीन तहकै सरकार अधिकारको प्रयोग गर्न सक्ने भएका छन् : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, असोज ३ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा संघीयताको भविष्य उज्वल रहेकाले अहिले देखिएका असन्तुष्टि क्रमशः व्यवहारबाटै हट्दै जाने बताएका छन्।नेपालक कानून समाज...
तीन तहकै सरकार अधिकारको प्रयोग गर्न सक्ने भएका छन् : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, असोज ३ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा संघीयताको भविष्य उज्वल रहेकाले अहिले देखिएका असन्तुष्टि क्रमशः व्यवहारबाटै हट्दै जाने बताएका छन्।

नेपालक कानून समाज र कन्स्टिच्युसन वाच  ग्रुपले शनिबार आयोजना गरेको कार्यक्रममा उनले मुलुकमा छोटै अवधिमै वित्तीय, प्रशासनिक र कानूनी पाटोबाट संघीयता स्थापित भइसकेको बताएका हुन्।

मन्त्री ज्ञवालीले भने,“जनतामा हामीले संघीयता पुष्टि गर्ने भनेको तत् सरकार कति बलियो र प्रभावकारी भए। जनताले कति सहजरुपमा सेवा पाए भन्ने कोणबाट हेरिनुपर्छ, यो सरकारले साढे दुई वर्षको अवधिमा ७६० वटै सरकारलाई आफ्नो खुट्टामा उभ्याएर आफ्नो अधिकारको प्रयोग गर्न सक्ने बनाएको छ।”

आगामी केही वर्षभित्रै हाम्रो कार्यान्वयनको क्षमता वृद्धि हुने, अभ्यास र व्यवहारबाटै अनुभव लिएर कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उनले बताए। 

'संविधान कार्यान्वयन गर्ने सन्दर्भमा नागरिक समाजबाट हुने निष्पक्ष र वस्तुनिष्ट अडिटबाट आगामी यात्रालाई व्यवधानरहित बनाउन योगदान पुग्नेछ,'उनले भने।
 

प्रकाशित मिति: १९:४६ बजे, शनिबार, असोज ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्