Kathmandu Press

हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गरौँ : कमल थापा

काठमाडौं, असोज ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गर्नु पर्ने बताएका छन्। संविधान दिवसका...
हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गरौँ : कमल थापा
Hardik ivfHardik ivf

काठमाडौं, असोज ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गर्नु पर्ने बताएका छन्। 

संविधान दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष थापाले राष्ट्रको बृहत्तर हितलाई हृदयंगम गर्दै सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गर्नु पर्ने बताएका हुन्। थापाले विचार स्वतन्त्रता र जनताको मतबाट आफ्नो मान्यता स्थापित गर्न पाउने अधिकार संविधानको आत्मा भएको बताएका छन्। 

उनले भनेका छन्,‘विचार स्वतन्त्रता र जनताको मतबाट आफ्नो मान्यता स्थापित गर्न पाउने अधिकार संविधानको आत्मा हो भने समावेशी र समानुपातिक प्रणाली मूल विशेषता हो। राष्ट्रको बृहत्तर हितलाई हृदयंगम गर्दै सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गरौँ। संविधान दिवसको सबैमा शुभकामना।’
 

प्रकाशित मिति: १६:४८ बजे, शनिबार, असोज ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्