Kathmandu Press

देशलाई बारम्बार प्रयोगको थलो बनाउने अधिकार कसैलाई छैन: पौडेल

काठमाडौं, असोज ३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा...
देशलाई बारम्बार प्रयोगको थलो बनाउने अधिकार कसैलाई छैन: पौडेल

काठमाडौं, असोज ३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा खलल पुग्ने गरी संशोधन गर्न नहुने बताएका छन्।

पाँचौ संविधान दिवसका अवसरमा शुभकामना दिँदै वरिष्ठ नेता पौडेलले संविधानको मौलिकता र संरचनामा खलल पुग्ने गरी संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाउने अधिकार कसैलाई नभएको बताएका छन्।

उनले नेपाली जनताले लामो संघर्ष र धेरै दुःख मेहनत गरेर नेपालको वर्तमान संविधानको बनेको उल्लेख गर्दै संविधानले नेपालका सबै जातजाति, भाषाभाषी संस्कृतिको भावनालाई समेत समेटेर लगभग सत्तरी वर्षपछि आएर देशमा राजनीतिक प्रणालीको टुङ्गो लगाएको बताए।

पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको वर्तमान संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु सबैको साझा कर्तव्य भएको बताएका छन्।  उनले संविधान निर्माणकै क्रममा रहेका केही सामान्य गुनासाको सम्वोधन सबैको सहमतिमा गर्न सकिने बताए।

तर, प्रणालीगत र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पुग्ने गरी संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाइराख्नु राष्ट्र हितमा नभएको बताए। यसअघि प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका थिए।
 

प्रकाशित मिति: १४:२७ बजे, शनिबार, असोज ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्