Kathmandu Press

प्रादेशिक अस्पताल जनकपुरधाममा दुई कोरोना संक्रमित पुरुषको मृत्यु

प्रादेशिक अस्पताल जनकपुरधाममा दुई कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, असोज २ : प्रादेशिक अस्पताल जनकपुरधाममा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

सबैला नगरपालिका ३ का ६८ वर्षका पुरुष र जनकपुरधाम उपमहानगरपालिका २ बस्दै आएका ७० वर्षीय पुरुषको मृत्यु भएको हो। 

सामाजिक विकास मन्त्रालयका अनुसार ज्वरो र स्वास प्रश्वासमा समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिकाका पुरुषमा भदौ २२ गते अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएको दुई दिनपछि उनमा कोरोना पोजेटिभ देखिएको थियो। 

यस्तै, सबैलाका पुरुष साउन ३१ गते अस्पताल भर्ना भएका थिए। उनमा कोरोना संक्तमण भएको बिहीबार मात्र पुष्टि भएको थियो।

मृतक दुबै मिर्गोला सम्बन्धी समस्याबाट पीडित रहेको अस्पतालले जनाएको छ। 

योसँगै धनुषामा मृत्यु हुने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्