Kathmandu Press

सिद्धान्त र आदर्शको राजनीतिबाट देश र जनताको हित हुन्छ : नेता सिंह

काठमाडौं, असोज २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताएका छन्।...
सिद्धान्त र आदर्शको राजनीतिबाट देश र जनताको हित हुन्छ : नेता सिंह

काठमाडौं, असोज २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताएका छन्। वीर गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको ‘त्याग सङ्घर्ष, समर्पणः आजको कांग्रेस र १४औँ महाधिवेशन’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले गणेशमान सिंहको सिद्धान्त र आदर्शको राजनीतिले देशमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गरे।

नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापनाका लागि सङ्घर्षशील नेता गणेशमान सिंहको जीवनबाट नेपालका राजनीतिक नेताहरुले पाठ सिक्नुपर्ने उल्लेख गरे। जनतालाई अधिकार दिलाउन १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन गणेशमान सिंहले बिताएको उनको भनाइ थियो। पूर्वउपप्रधानमन्त्री सिंहले कोभिड–१९ को महामारीमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाए। ‘कोरोनाका कारण धेरै मजदुरहरुको घरबास उठ्दासमेत सरकारले उनीहरुको उचित राहत र व्यवस्थापन गर्न सकेन,’ उनले भने।

कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीलाई हुकुमी शैली र स्वेच्छाचारीताले चलाएर नचल्ने भन्दै विधिअनुसार पार्टी चलाउनुपर्ने उल्लेख गरे। उनले सरकारले दिएको मतको सम्मान गर्न नसकेको बताए। कांग्रेस कमजोर प्रतिपक्ष भएको उनको भनाइ थियो। पार्टीको १४औँ महाधिवेशनमा नेता हैन नीति, व्यक्ति हैन विधि हेनुपर्ने नेता केसीले बताए। पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले इमान्दार, निष्ठावान, त्यागी र सङ्घर्षशील नेता स्व सिंह भएको बताए। बिपी कोइरालालाई सफल बनाउन गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो। नेता पौडेलले कांग्रेसले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगरेको बताउँदै लोकतन्त्रको रक्षाका लागि युवाहरु एकजुट हुनुपर्ने उल्लेख गरे। यथास्थितिबाट पार्टी नचल्ने भन्दै पार्टीलाई सक्षम रुपमा हाँक्ने नेतृत्व कांग्रेसलाई आवश्यक रहेको उनको भनाई थियो। 

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले जनताको हक अधिकार स्थापनाका लागि लड्ने लोकतान्त्रिक योद्धा स्व सिंह भएको उल्लेख गरे। सबै दललाई मिलाएर २०४६ सालको आन्दोलनको नेतृत्व गर्ने गणेशमान सिंह साहसी नेता भएको उनको भनाइ थियो। उनले आन्दोलनको नेतृत्व गर्ने सिंहलाई प्रधानमन्त्रीको नेतृत्व गर्न दिँदा प्रधानमन्त्रीको पद लिन नमान्ने त्यागी नेता सिंह भएको बताए। १४औँ महाधिवेशनमा गुट उपगुटको अन्त्यका लागि सहमतिबाट नेतृत्व छान्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्