Kathmandu Press

बागमतीमा संक्रमण बढेकोबढ्यै, कर्णाली प्रदेश सेफ जोनमा

कोरोना भाइरसको सुरुवाती चरणमा प्रदेश २ मा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको थियो। तर संक्रमण फैलिँदै जाँदा बागमती प्रदेश प्रदेश २ भन्दा बढी प्रभावित बनेको छ।  
बागमतीमा संक्रमण बढेकोबढ्यै, कर्णाली प्रदेश सेफ जोनमा
Hardik ivfHardik ivf

काठमाडौं, असोज १ : बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण विगत एक महिना यता निरन्तर उकालो लागिरहेको छ। 

साउन ३२ देखि भदौ ३१ सम्मको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी बागमतीमा प्रदेश कोरोना संक्रमण फैलिरहेको देखिन्छ। 

कोरोना भाइरसको सुरुवाती चरणमा प्रदेश २ मा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको थियो। तर संक्रमण फैलिँदै जाँदा बागमती प्रदेश प्रदेश २ भन्दा बढी प्रभावित बनेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउन ३२ गते  बागमती प्रदेशमा २०२ जना संक्रमित भेटिएका थिए। भदौ ३१ गते बागमती प्रदेशमा ८१९ जना संक्रमित भेटिएका छन्। यो एक महिनाको अन्तरालमा बागमती प्रदेशमा भदौ २६ गते सबैभन्दा धेरै ८४४ जनामा संक्रमिण पुष्टि भएको थियो। 

बागमती प्रदेशमा मात्रै हालसम्म १७ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ११ हजार २३९ जना संक्रमित भएका छन् भने सबैभन्दा कम रसुवामा १८ जनामा संक्रमण पुष्टि भएको छ। 

दोलखामा १०४ जना, रामेछापमा १२१, सिन्धुलीमा १००, काभ्रेमा ३९५, सिन्धुपाल्चोकमा १२७ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी नुवाकोटमा १२४, धादिङमा ३४९, चितवनमा १३८२, मकवानपुरमा ११००, ललितपुरमा १ हजार २८६ र भक्तपुरमा १ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रदेश २ मा उतारचढाव 

नेपालमा कोरोनाको सुरुवाती चरणमा सबैभन्दा बढी  प्रदेश २ प्रभावित थियो। तर, संक्रमण फैलिँदै जाँदा वागमती प्रदेशले प्रदेश २ लाई पछि पारेको छ। प्रदेश २ को एक महिनाको कोरोना तथ्यांक हेर्दा उतारचढावपूर्ण देखिन्छ।

साउन ३२ गते प्रदेश २ मा २०८ नयाँ संक्रमति थपिएका थिए। भदौ २ गते प्रदेश २ मा सबैभन्दा धेरै ४२१ जना नयाँ संक्रमित थपिएका थिए भने सबैभन्दा कम भदौ १६ मा ४१ जना संक्रमित थपिए। भदौ ३१ गते  प्रदेश २ मा ३३२ जना संक्रमित थपिएका छन्।  

पर्सामा हालसम्म १३ हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। सप्तरीमा १०४८ जना, सिरहामा १२१७, धनुषामा १९१२, महोत्तरीमा १४३३ जनामा संक्रमण भएको छ। यस्तै, सर्लाहीमा २२८४, रौतहटमा २०३६, बारामा १२४१ र पर्सामा २५५२ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रदेश १ मा सबैभन्दा बढी मोरङ प्रभावित 

प्रदेश १ मा  हालसम्म ५२४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै कोरोना संक्रमण हुने प्रदेशको सूचीमा प्रदेश १ तेस्रो नम्बरमा छ। प्रदेश १ मा साउन ३२ गते १०५ जना नयाँ संक्रमित भेटिएका थिए। सबैभन्दा धेरै भदौ २४ मा १६० जना र सबैभन्दा कम भदौ ४ गते ३७ जनामा संक्रमण पुष्टि भएको थियो। भदौ ३१ मा प्रदेश १ मा १३४ जना नयाँ संक्रमित भेटिएका छन्।

हालसम्म झापामा ७८३, इलाममा १०१, पाँचथरमा ३२, ताप्लेजुङमा २१, मोरङमा २४१३, सुनसरीमा १४०३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै धनकुटामा ५५, तेह्रथुममा २८, संखुवासभामा ७९, भोजपुरमा ३२, सोलुखुम्बुमा १२, खोटाङमा ४८, ओखलढुंगामा ९२ र उदयपुरमा १४९ जनामा संक्रमण पुष्टि भएको छ।  

प्रदेश पाँच चौथो नम्बरमा 

धेरै संक्रमित भएको प्रदेशको सूचीमा प्रदेश पाँच चौथो नम्बरमा छ। प्रदेश पाँचमा साउन ३२ गते साउन ३२ गते ८७ जनामा संक्रमण पुष्टि भएको थियो। एक महिनाको अवधिमा सबैभन्दा धेरै भदौ २५ गते २५५ जनामा संक्रमित भेटिँदा सबैभन्दा कम भदौ १५ मा ३४ जना नयाँ संक्रमित भेटिएका थिए।  भदौ ३१ मा प्रदेश पाँचमा १२० जनामा संक्रमण पुष्टि भएको छ।  

प्रदेश पाँचमा हालसम्म ८८८२ जनामा संक्रमण देखिएको छ। नवलपरासी पश्चिममा ३८३, पाल्पामा ७०७, रुपन्देहीमा १८८०, कपिवस्तुमा १२७८, अर्घखाँचीमा ४१५ जनामा संक्रमण भएको छ। यस्तै गुल्मीमा ४७८, दाङमा १००३, प्युठानमा ४८०, रुकुमपूर्वमा ३०, रोल्पामा १०८, बाँकेमा १५२१ र बर्दियामा ५४२ जनामा संक्रमण पुष्टि भएको छ।  

सुदूरपश्चिम प्रदेश 

कोरोना संक्रमितको संख्याका हिसाबले सुदूरपश्चिम प्रदेश पाँचौ नम्बरमा छ। साउन ३२ गते सुदूरपश्चिम प्रदेशमा १६ जनामा संक्रमण पुष्टि भएको थियो। यो एक महिनाको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै भदौ ५ गते १७६ जनामा संक्रमण पुष्टि भएको थियो भने सबैभन्दा कम भदौ २४ मा ६ जनामा मात्रै संक्रमण भेटिएको थियो।  भदौ ३१ गते सुदूरपश्चिम प्रदेशमा १५ जना नयाँ संक्रमित भेटिएका छन्।  

हालसम्म सुदूरपश्चिम प्रदेशमा ६६३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कैलालीमा २०१५, डोटीमा १०३१, अछाममा ९४३, बाजुरामा ६२६ जनामा संक्रमण देखिएको छ। यस्तै बझाङमा ४८२, कन्चनपुरमा ७५१, डडेल्धुरामा ३४१, बैतडीमा ३८१ र दार्चुलामा ६६ जना संक्रमित भेटिएका छन्।  

गण्डकी प्रदेशमा तीन हजार बढी संक्रमित

गण्डकी प्रदेशमा हालसम्म ३४३५ जनामा संक्रमण पुष्टि भइसकेको छ। साउन ३२ गते गण्डकी प्रदेशमा २१ जना संक्रमित भेटिएका थिए। एक महिनाको तथ्यांक हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा धेरै भदौ २७ गते १०४ जना संक्रमित भेटिएका थिए भने  सबैभन्दा कम भदौ ७ गते १३ जनामा संक्रमण पुष्टि भएको थियो।   भदौ ३१ गते यो प्रदेशमा ६८ जना संक्रमित भेटिए। 

अहिलेसम्म गोरखामा ३२८, तनहुँमा ३८६, स्याङजामा ४०१, लमजुङमा ३४३, कास्कीमा ७०६, मनाङमा ४ र मुस्ताङमा १ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पर्वतमा १२२, बाग्लुङमा ३४४, म्याग्दीमा ५४ र नवलपुरमा ७४६ जना संक्रमित भेटिएका छन्।  

कर्णालीमा सबैभन्दा कम संक्रमित 

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा सबैभन्दा कम मानिसलाई संक्रमण भएको छ। कर्णाली प्रदेशमा साउन ३२ गते दुई जनालाई मात्र संक्रमण पुष्टि भएको थियो। एक महिनाको तथ्यांक हेर्दा कर्णालीमा सबैभन्दा धेरै भदौ ५ गते ५८ जना संक्रमित भेटिएका थिए।  भदौ ३१ गते ५१ जनामा संक्रमण पुष्टि भएको छ। 

हालसम्म  कर्णाली प्रदेशमा २९७९ जनामा संक्रमण पुष्टि भएको छ। रुकुम पश्चिममा ८४, सल्यानमा ३६३, सुर्खेतमा १०१४, दैलेखमा ११०३, जाजरकोटमा ७०, डोल्पामा ६, जुम्लामा २०३, कालिकोटमा ११८, मुगुमा १३ र  हुम्लामा ५ जना संक्रमित बनेका छन्।  

कहाँ कति छन् सक्रिय संक्रमित?

प्रदेश एकमा अहिले ११३९ जना सक्रिय संक्रमित छन् भने ३६५७ जना डिस्चार्ज भएका छन्।  प्रदेश २ मा अहिले २२४७ जना सक्रिय संक्रमित छन् भने ११ हजार ३५७ जना डिस्चार्ज भइसकेका छन्।  

बागमती प्रदेशमा ८४९५ जना सक्रिय संक्रमित छन् भने हालसम्म ८८६४ जना संक्रमित निको भएर घर फर्किएका छन्।  

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ९८३ छ भने डिस्चार्ज हुनेको संख्या २४११ छ।   प्रदेश पाँचमा अहिले २०१४ जना सक्रिय संक्रमित छन् भने ६७६४ जना डिस्चार्ज भइसकेका छन्।

कर्णाली प्रदेशमा हाल ३८५ सक्रिय संक्रमित छन् भने २५९० जना डिस्चार्ज भएका छन्। सुदूरपश्चिम प्रदेशमा अहिले ५६३ जना सक्रिय संक्रमित छन् भने ६०६३ जना निको भएर घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्