Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघ्यो

काठमाडौं, असोज १ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१ लाख नाघेको छ ।दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा...
भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघ्यो

काठमाडौं, असोज १ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०७:०५ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्