Kathmandu Press

विश्वभर २ करोड वढी कोरोना संक्रमणमुक्त 

काठमाडौं, भदौं २५ : पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६० हजार मानिस कोरोना संक्रमणमुक्त भएका छन्।यो सँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या २ करोड...
विश्वभर २ करोड वढी कोरोना संक्रमणमुक्त 

काठमाडौं, भदौं २५ : पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६० हजार मानिस कोरोना संक्रमणमुक्त भएका छन्।

यो सँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या २ करोड ९१ हजार पुगेको छ। अमेरिकामा सबै भन्दा धेरै ३८ लाख ४५ हजार ९ सय १ जना निको भएका छन्। त्यस्तै भारतमा ३४ लाख ६९ हजार ८४ जना निको भइसकेका छन्।

त्यस्तै ब्राजिलमा ३४ लाख ५३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। संक्रमितको दर दैनिक रुपमा बढिरहेको भारतमा कुल संक्रमितको संख्या ४४ लाख ६२ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १६८ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ७५ हजार ९१ पुगेको छ।

यस्तै अमेरिकामा कुल संक्रमितको संख्या ६५ लाख ४८ हजार पुगेको छ भने कुल मृतकको संख्या १ लाख ९५ हजार १८४ पुगेको छ।  यस्तै ब्राजिलमा कुल संक्रमितको संख्या ४१ लाख ९९ हजार पुगेको छ भने १ लाख २८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ७० हजार संक्रमित थपिएका छन् भने ५ हजार ९७८ जनाको मृत्यु भएको छ। यो सहित विश्वभर हालसम्म कोरोना पुष्टि हुनेको संख्या २ करोड ७९ लाख पुगेको छ। ९ लाख ७ हजार वढीको मृत्यु भइसकेको छ।
 

प्रकाशित मिति: ०७:४९ बजे, बिहीबार, भदौ २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्