Kathmandu Press

डे ब्रुयनले बने इंग्ल्यान्डको वर्ष खेलाडी

काठमाडौं, भदौ २४ : म्याचेष्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयन इंग्ल्यान्डको वर्ष खेलाडी घोषित भएका छन्। मंगलबार डे ब्रुयनले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले...
डे ब्रुयनले बने इंग्ल्यान्डको वर्ष खेलाडी

काठमाडौं, भदौ २४ : म्याचेष्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयन इंग्ल्यान्डको वर्ष खेलाडी घोषित भएका छन्। मंगलबार डे ब्रुयनले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेका हुन्। 

वर्ष खेलाडी बन्ने क्रममा डे ब्रुयनले सिटीकै रहिम स्टर्लिङ, च्याम्पियन लिभरपुलका भर्जिल भान डाइक, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, साडियो माने, जोन हेन्डरसनलाई पछि पारे। 

पिएफएको वर्ष खेलाडी अवार्ड जित्ने डे ब्रुयन म्यान्चेस्टर सिटीका पहिलो खेलाडी हुन्। यस्तै, यो अवार्ड जित्ने डे उनी इडेन हाजार्डपछि दोस्रो बेल्जियन खेलाडी हुन्।

वर्ष खेलाडी बनेपछि डे ब्रुयनले अवार्ड जित्नमा प्रशिक्षक पेप ग्वार्डिओलाको अहम भूमिका रहेको बताए। उनले सहयोग गर्ने प्रशिक्षक ग्वार्डिओलालाई धन्यवाद समेत दिएका छन्। डे ब्रुयनले भनेका छन्, ‘गार्डिओलाकै कारण यो सम्भव भएको हो। यो मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान हो  अरुले भोट गरेर उत्कृष्ट खेलाडी एकदमै ठूलो सम्मान हो।’

अघिल्लो सिजन डे ब्रुयनले १३ गोल गर्नुका साथै २० असिस्ट गरेका थिए। यो इपिएलमा कुनै पनि खेलाडीले गरेको कीर्तिमानी असिस्ट हो। अघिल्लो सिजन यो अवार्ड लिभरपुलका भान डाइकले जितेका थिए।

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्