Kathmandu Press

शेयर बजारमा क्रेताको चाप बढ्दै गएको संकेत

काठमाडौं, असार २२ : बजार २ दशमलव ६३ प्रतिशतले वृद्धि हुँदै नेप्से परिसूचक ३३ दशमलव २७ अंकले वृद्धि भएर १२९८ दशमलव ७३ को विन्दुमा बन्द भएको छ।

....
 शेयर बजारमा क्रेताको चाप बढ्दै गएको संकेत

काठमाडौं, असार २२ : बजार २ दशमलव ६३ प्रतिशतले वृद्धि हुँदै नेप्से परिसूचक ३३ दशमलव २७ अंकले वृद्धि भएर १२९८ दशमलव ७३ को विन्दुमा बन्द भएको छ।

१२६५ दशमलव ४६ को विन्दुमा खुलेको दोस्रो बजारको अन्तिम विन्दु नै उच्च विन्दु रह्यो। यसरी अन्तिम विन्दु नै उच्च विन्दु भएको अवस्थामा क्रेताको चाप रहेको संकेत गर्नाले अर्को कारोबार दिन पनि बजार बढ्न सक्ने सम्भावना रहेकाले यसलाई सकारात्मक मानिन्छ।  

बजारको न्यून विन्दु १२५९ दशमलव ९५ थियो भने दिनभरमा ९२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५३ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज ग्लोबल आईएमई लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने राधी विद्युत कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव ९० प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार अघिल्लो कारोबार दिन ‘बुलिस स्पिनिङ्ग टप’ बनाए बापत बजार सकारात्मक रहेर बुलिस मैनबत्ती आकृति बनाएको छ। यसले अर्को कारोबार दिनमा पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ।  आजको परिमाण सन्तोषजनक रहेको र यसले क्रेताको चाप रहेको संकेत गरेको छ।  

चित्र नं.२  

चित्र नं.२ मा, आजको कारोबार दिनको प्रवृत्ति देखाइएको र बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

निष्कर्ष : बजारको प्रवृत्तिलाई समग्र रुपमा हेर्दा ११४९ र १२४१ मा पाएको टेवाले बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। हाल बजार सकारात्मक रहेको र अर्को तत्कालीन प्रतिरोध १३६० को क्षेत्रमा हुन सक्ने  देखिन्छ। हाल बजारको सामान्य टेवा १२८० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्