Kathmandu Press

धान उत्पादन हालसम्मकै धेरै

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीका अनुसार वर्षभर ६१ लाख टन धान आवश्यक पर्छ । चालु आर्थिक वर्षमा ५६ लाख १० हजार टन धान उत्पादन भएको छ ।

‘चाल....

धान उत्पादन हालसम्मकै धेरै
मोहन दुलाल

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीका अनुसार वर्षभर ६१ लाख टन धान आवश्यक पर्छ । चालु आर्थिक वर्षमा ५६ लाख १० हजार टन धान उत्पादन भएको छ ।

‘चालु आर्थिक वर्षमा ५६ लाख १० हजार टन धान उत्पादन भयो । अघिल्लो वर्षको तुलनामा ४ लाख ५८ हजार टन बढी,’ सचिव जीसीले भने, ‘मागलाई सम्बोधन गर्न थप ५ लाख टन आवश्यक छ ।’ मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादन ८.८९ प्रतिशतले वृद्धि भएको छ । अघिलो आर्थिक वर्षमा ५१ लाख ५१ हजार ९ सय २५ टन उत्पादन भएको थियो ।

जीसीका अनुसार बाली लगाइएको क्षेत्रफलमा २० हजार हेक्टर बढेको छ । यसले गर्दा धान उत्पादनमा केही सहज भएको जनाएको छ । ‘अघिल्लो वर्ष १४ लाख ६९ हजार ५ सय ४५ हेक्टरमा खेती भएकोमा चालु आर्थिक वर्षमा १४ लाख ९१ हजार ७ सय ४४ हेक्टरमा धान खेती भयो,’ उनले भने, ‘जसले गर्दा लक्ष्यअनुसार उत्पादन हासिल गरेका छौं ।’

Hardik ivf

मन्त्रालयले १४ औं योजनाको लक्ष्यअनुसार २०७४/७५ मा ५१ लाख ९८ हजार टन, २०७५/७६ मा ५५ लाख ६१ हजार टन उत्पादन गर्ने लक्ष्य राखेको थियो । क्त उत्पादन लक्ष्य पूरा भएको सचिव जीसीले बताए । गत वर्ष समयमै मनसुन र रोपाइँ पनि ९७ प्रतिशत भएकाले धान उत्पादन बढेको हो ।

‘समयमै रोप्दा बढी उत्पादन हुन्छ । मलको अभाव पनि भएन,’ उनले भने, ‘तराईमा १८/२० प्रतिशत यान्त्रीकरणमा गएकाले पनि सुधार भएको हो ।’ गत वर्षको तुलनामा महामारी/बाढीपहिरोको समस्या नभएकाले पनि उत्पादन तथा उत्पादकत्व बढेको हो ।

४ महिनामै ९ अर्ब ३५ करोडको चामल आयात सरकारले लक्ष्यअनुसार धान उत्पादन भएको दाबी गरे पनि चामलको आयात क्रमश: बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षकोपहिलो ४ महिनामा ९ अर्ब ३५ करोड रुपैयाँको चामल आयात भएको छ ।

यो अघिल्लो वर्षको सोही अवधिमा भन्दा ३५.७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो ४ महिनामा ६ अर्ब ८९ करोडको आयात भएको थियो । तथ्यांकअनुसार चामल भारतबाट आयात भएको छ ।

कृषि सचिव युवकध्वज जीसीलेउपभोक्ताको आयस्तर बढेकाले आयात बर्सेनि बढेको बताए । ‘उपभोक्तालाई मिठो मसिनो चामल बढी चाहिन्छ । जसले गर्दा चामल आयात बढेको छ,’ उनले भने । जोन/सुपर जोनमार्फत मसिनो चामललाई प्राथमिकता दिएको उनले बताए । ‘आयात कम गर्नलाई उत्पादन नै वृद्धि गर्ने हो,’ सचिव जीसीले भने, ‘मन्त्रालयले धानको सुपरजोनमार्फत योजना बनाएको छ ।’

कृषिको बजेट २.२७ प्रतिशत

मन्त्रालयका अनुसार राष्ट्रिय बजेटमा कृषिको बजेट २.२७ प्रतिशत मात्रै छ । कम बजेट हुँदा यान्त्रीकरणमा जान केही समस्या भएको सचिव जीसीले बताए । ‘लक्ष्यअनुसार प्रतिफल प्राप्त गर्न एउटा मन्त्रालयको प्रयासले मात्रै सम्भव हुँदैन ।

यान्त्रीकरणको माग भए पनि राष्ट्रिय बजेटमा कृषिको बजेट २.२७ प्रतिशत मात्रै छ,’ उनले भने, ‘यान्त्रीकरणमा जान राष्ट्रिय बजेटमा कृषि बजेट १० प्रतिशत आवश्यक छ ।’ यद्यपि मुख्य बालीमा आत्मनिर्भर भएको उनले दाबी गरे । ‘धान, मकै, तरकारी, उखु, तेलहन, अण्डालगायतमा आत्मनिर्भर छौं,’ उनले भने ।

१ खर्बको उत्पादन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधबार चैतमा लगाइने चैतेदेखि बर्खे खेतीसम्म लगाइने धानको उत्पादन तथ्यांक सार्वजनिक गर्दै ‘यो उत्पादन हालसम्मकै सबैभन्दा धरै’ भनेको छ । यसअघि ०७३ सालमा ५२ लाख टन धान उत्पादनभएको थियो ।

मन्त्रालयका वरिष्ठ कृषि अधिकृत विनोद भट्टराईका अनुसार देभभर उत्पादन भएको धानको मूल्य १ खर्ब ३३ अर्ब ६९ करोड हाराहारी हुन्छ । ‘कुल उत्पादित धानमध्ये ६० प्रतिशत मोटो र ४० प्रतिशत मसिनो धान रहेको अनुमान गरेका छौं,’ कृषि अधिकृत भट्टराईले कान्तिपुरसँग भने, ‘समर्थन मूल्यको औसत दरअनुसार हिसाब गर्दा १ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको अनुमान मन्त्रालयले गरेको छ ।’

सरकारले यस वर्ष मसिनो धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हार ४ सय र मोटोको २ हजार ३ सय हाराहारी तोकेको छ । यी दुई मूल्यबीचको औसत मूल्य २ हजार ३ सय ८३ प्रतिक्विन्टललाई आधार मान्दा यस वर्ष फलेको धानको मूल्य १ खर्ब ३३ अर्ब हाराहारी मानिएको हो ।

गत वर्षको २६ खर्ब बराबरको कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई आधार मान्दा यस पटक धानको जीडीपीमा ५ प्रतिशत हाराहारी योगदान रहनेछ भने कृषितर्फको एजीडीपीमा धानको योगदान १८ प्रतिशत हाराहारी रहने मन्त्रालयले जनाएको छ । समग्र कृषि र पशु क्षेत्रको २७ प्रतिशत हाराहारी जीडीपीमा योगदान रहेको मानिन्छ ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार यस वर्ष उत्पादन भएको धानलाई चामलमा बदल्दा ३८ लाख १४ हजार टन हुन जान्छ ।

नेपालमा एक व्यक्तिलाई वार्षिक १ सय ३७ दशमलव ८ किलोग्राम चामल आवश्यक पर्छ । बुधबारको कुल जनसंख्या २ करोड ९१ लाखलाई आधार मान्दा २ लाख टन हाराहारी चामल अभाव छ । तथ्यांक अधिकृत रेग्मीका अनुसार सबै नेपालीलाई वार्षिक १ करोड १५ लाख टन खाद्यान्न (चामल, गहुँ, मकै, कोदो, फापर) आवश्यक पर्छ । ‘सबै मुख्य खाद्यान्न बालीको उत्पादन १ करोड टन हाराहारी देखिन्छ ।

हामीलाई अपुग हुने १५ लाख टन (धान, मकै, गहुँ, कोदो) खाद्यान्न आयात भइरहेको देखिन्छ,’ अधिकृत रेग्मीले भने । नेपालमा १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । धानपछि सबैभन्दा धेरै उत्पादन हुने दोस्रो खाद्यान्न बालीमा मकै पर्छ ।

उत्पादनमा प्रदेश २ अगाडि

मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी प्रदेश २ मा धान उत्पादन भएको छ । प्रदेश २ मा ४ लाख १९ हजार ६ हेक्टर खेतीयोग्य जमिन छ । उक्त जमिनबाट १४ लाख ४९ हजार ४४ टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा उत्पादन हुने जमिन र उत्पादकत्व दुवैमा सुधार भएको छ । ‘अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा मात्रै २ लाख ९ हजार २ सय १ टन उत्पादन बढेको छ,’ रेग्मीले भने । प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला पर्छन् । यी जिल्लामा मुख्यत: कृषि खेती हुन्छ ।

दोस्रोमा प्रदेश १ मा उत्पादन भएको छ । प्रदेश १ मा झापा, मोरङ, सुनसरी, उदयपुर, सोलुखुम्बुलगायत १४ जिल्ला पर्छन् । यी जिल्लामा ३ लाख २८ हजार ७ सय २८ हेक्टरमा धान खेती भएको थियो ।

उक्त जमिनबाट १२ लाख २७ हजार ९ सय ५२ टन धान उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा १ लाख२९ हजार ३ सय ४६ टन बढी उत्पादन भएको मन्त्रालयले जनाएको छ । तेस्रोमा प्रदेश ५ मा उत्पादन भएको छ ।

प्रदेश ५ मा ३ लाख ७ हजार ४ सय ७ हेक्टर खेती हुन्छ । उक्त जमिनबाट ११ लाख ८८ हजार ६ सय ७५ टन धान उत्पादन भएको रेग्मीले बताए । अघिल्लो वर्षको तुल ६८ हजार ५ सय ४४ टन बढी उत्पादन भएको छ । सबैभन्दा कम कर्णालीमा उत्पादन भएको छ ।

कर्णाली जिल्लामा ३८ हजार ५ सय २७ हेक्टरमा १ लाख ३३ हजार ५ सय ७९ टन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा छ । धान उत्पादन अघिल्लो वर्षको तुलनामा १ हजार ८ सय ३३ टनले वृद्धि भएको जनाइएको छ ।

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, मंसिर १४, २०७५
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्