Kathmandu Press

पोर्न सुरक्षासम्बन्धी न्यूजिल्यान्ड सरकारको सन्देशमुलक भिडियो भाईरल

अनलाइन सुरक्षा अभियान अन्तर्गत न्यूजिल्यान्ड सरकारले बनाएको एउटा विज्ञापन भाइरल भएको छ । भिडियोमा दुई जना नग्नकलाकार एउटा घरमा पुग्छन् । आमाले ढोका खोल्छिन् । ल्यापटप ....

पोर्न सुरक्षासम्बन्धी न्यूजिल्यान्ड सरकारको सन्देशमुलक भिडियो भाईरल

अनलाइन सुरक्षा अभियान अन्तर्गत न्यूजिल्यान्ड सरकारले बनाएको एउटा विज्ञापन भाइरल भएको छ । भिडियोमा दुई जना नग्नकलाकार एउटा घरमा पुग्छन् । आमाले ढोका खोल्छिन् । ल्यापटप बोकेको बच्चा उनीहरूलाई देखेर छक्क पर्छन् ।

उक्त भिडियो ग्रुमिङ, बुलिङ र पोर्नाेग्राफी लगायतका अनलाइन जोखिम व्यवस्थापन गर्न आमाबाबुलाई सहयोग गर्ने अभियानको अंशभएको न्यूजिल्यान्ड सरकारकी एक अधिकारीले बताइन् । दश दिनअघि सार्वजनिक गरिएको सो भिडियो लाखौंले हेरिसकेको उनले बताइन् ।

“अभियानमा धेरै प्रतिक्रियाले दिएका छन्,”उनले बताइन् । युट्युबमामात्रै बीस लाखभन्दा धेरैले हेरेका छन् ।

“धेरै युवाले यौनबारे पोर्नाेग्राफीबाटै सिक्ने गरेका छन्,” उनले भनिन,“पोर्न सम्वन्धी यौन शिक्षाको सचेतनाका लागि यो भिडियो बनाइएको हो । ”

यो अभियान जुलाइको अन्त्यसम्म चल्नेछ ।
 

प्रकाशित मिति: ०६:५३ बजे, सोमबार, असार ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्