सोमबार, भदौ २, २०७६

के हो इन्डोप्यासिफिक रणनीति ? किन तर्सिन्छ चीन?

विश्वको मानचित्रलाई मोटामोटी तीन तरिकाले बुझ्न सकिन्छ। भौगोलिक सीमाङ्कन   जमिन र पानी, पठार र प्रायद्विप, समुद्र र महासागरको आधारमाविश्वको अर्थ लगाउन सकिन्छ।

महादेश र राज्य, टापु र क्षेत्रीय समुद्र, महादेशको समतल र विशेष आर्थिक क्षेत्रजस्ता राजनीतिक सीमाबाट पनि विश्वलाई बुझ्न सकिन्छ। तेस्रो तरिका पनि छ। माथि उल्लेखित दुवैभन्दा परको स्थानको परिकल्पनाले पनि नक्साको विवेचना गर्न सकिन्छ।

साधारण अर्थमा, एउटा स्थानको मानसिक नक्सा निर्माण गर्ने। यस्तो काल्पनिक स्थानको अस्तित्व भौगोलिक नक्सामा नहुनसक्छ जस्तै अफ्गानिस्तान पाकिस्तान क्षेत्र वा विद्यमान राजनीतिक आयामसँग मेल नखान पनि सक्छ जस्तै एसिया प्रशान्त क्षेत्र।

इन्डो प्यासिफिक त्यस्तै एउटा मानसिक नक्सा हो जसले पछिल्ला समयमा निकै चर्चा पाएको छ। हरेक काल्पनिक स्थानजस्तै, उक्त स्थानको विशेषता र कसले परिकल्पना हो, त्यसबारे विमति छ।

“जियो स्पासियलिटी”को सवालमा हिन्द महासागर र प्रशान्त महासगरबीच अन्तरसम्बन्धित स्थानलाई इन्डो प्यासिफिक भनेर व्याख्या गर्ने गरिन्छ। यो अफ्रिकाको पूर्वी सामुन्द्रिक तटदेखि अमेरिकाको पश्चिमी तटसम्म फैलिएको मानिन्छ।

यद्यपि, प्रत्येक पक्ष र त्यो विशाल प्रसारमा उनीहरूको भौगोलिक अवस्थितिका आधारमा परिभाषा पनि भिन्न छ। व्यवहारिक बुझाइमा, दुई महासागरको अन्तरसम्बन्ध र अन्तर्निर्भता बढ्दो विश्वव्यापीकरण, व्यापार र विभिन्न पक्षबीच बदलिँदो समीकरणको उत्पादन हो जसले पुरानो सीमा भत्काएको छ र नयाँ मार्ग खोलेको छ।

महासागरमा बढ्दो गतिशीलताले एकीकृत पद्धती अवलम्बन गर्न सहयोग गरेको छ। यहाँ विश्वका सबैभन्दा महत्वपूर्ण समुन्द्री मार्ग भएकाले राजनीति र अर्थशास्त्रको सवालमा इन्डो प्यासिफिकलाई विश्वको केन्द्रका रूपमा हेरिन्छ। अत्यधिक उर्जाको माग भएका विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश यही क्षेत्रको किनारमा छन्। विश्वकै उत्कृष्ट “ग्लोबल कमन्स” यतै फैलिएका छन्।

इन्डो प्यासिफिकलाई रणनीतिक रूपले मुख्य व्यापारिक मार्ग मलाक्काको जलसन्धिले दुई महासागरलाई जोडेको एउटा निरन्तरताको रूपमा हेरिन्छ। इन्डो प्यासिफिकको रणनीतिक परिकल्पनाको उदयलाई दुई वृहत कारणले व्याख्या गर्दछ। पहिलो, सो क्षेत्रमा चीनको बढ्दो पद चिन्ह र दोस्रो, तुलनात्मक रूपले घट्दो अमेरिकाको गठबन्धन प्रणाली र पुनर्उत्थानका लागि गरिएको प्रयास।

उर्जाको आवश्यकता सुरक्षित गर्न र व्यापारिक सम्बन्ध बढाउन बेइजिङले दुई महासागरमा समुद्री गतिविधि बढाएको छ। चीनको उदयले विविध स्वरूप लिएको छ। साउथ चाइना सीमा बेइजिङको पुन:संयोजनको दाबी क्षेत्रीय हस्तक्षेपले प्रष्ट देखाएको छ। दक्षिण एसियाली समुद्रमा हिन्द महासागरभरि बन्दरगाहको “श्रृङ्खलात्मक” सुविधाले बेइजिङको बढ्दो गतिविधि देखाउँछ। यसले चीनलाई स्थानीय शक्ति बनाउने सङ्केत गर्दछ।

“कनेक्टिभिटी” र पूर्वाधारको सवालमा, “बेल्ट एन्ड रोड इनिसियएटिभ”ले भू-राजनीतिक स्थान बाँध्ने चिनियाँ नेतृत्वको योजना अघि सारेको छ। आर्थिक रूपमा, यो क्षेत्रका सबै प्रमुख राज्यका लागि चीन एउटा महत्वपूर्ण व्यापारिक साझेदार हो। यो क्षेत्रको आर्थिक साझेदारी नेतृत्व गर्न पनि सक्रियता देखाइरहेको छ।

यो क्षेत्रमा अमेरिकाको घट्दो उपस्थितिसँगै चीनको उदय पठनीय छ। मित्र राष्ट्रका लागि अमेरिका यो क्षेत्रकै “नेट सेक्युरिटी” प्रदायक हो। शक्तिशाली नौसेना पनि छ। त्यसैले अमेरिकाको रणनीतिले केही मामिलामा चीनका लागि ढोका खुला राखेको छ भने बाँकी मुद्दामा आफ्नै मित्र राष्ट्रलाई हानी पुर्याकएको छ।

अमेरिकाले “युएस प्यासिफिक कमाण्ड“को नाम फेरेर “इन्डो प्यासिफिक कमाण्ड” राखेको छ। यसले इन्डो प्यासिफिकलाई नयाँ महत्व दिएको देखिएपनि “ट्रान्स प्यासिफिक पार्टनर्शिप” बाट एकपक्षीय रूपमा बाहिरिनु र मित्र राष्ट्रका लागि समतामूलक भारवहन गर्ने निरन्तर मागले अमेरिकी गठबन्धन प्रणालीलाई अनिश्चित बनाएको छ। साथै अष्ट्रेलिया, जापान र भारत सम्मिलित चार लोकतन्त्रको समूहलाई स्वतन्त्र र खुल  इन्डो प्यासिफिक निर्माण गर्न उर्जा पनि दिन सकेको छैन।

इन्डो प्यासिफिकको केन्द्रमा अमेरिका र चीनको द्वन्द्वले अन्य तटीय पक्षको विवादित परिकल्पना सिर्जना गरेको छ। रक्षाको श्वेतपत्रमार्फत  इन्डो प्यासिफिकको अवधारणाबारे सबैभन्दा पहिले बहस गर्ने अष्ट्रेलियाले अमेरिका र चीनबीच सन्तुलन हुनुपर्ने माग गर्दै आएको छ।

अमेरिकी गठबन्धन प्रणालीको अंग भएको र क्षेत्रमा ठूलो उपस्थिति भए पनि अमेरिकाको क्रमिक अधोगतिबारे अष्ट्रेलिया जानकार छ। तर क्याबेर्राले चीनकोआर्थिक लाभ र रणनीतिक भविष्यका लागि महत्त्वपूर्ण जापान, भारत र दक्षिण कोरियाजस्ता यो क्षेत्रका महत्त्वपूर्ण पक्षसँग गहिरिँदो सम्बन्धको सम्भावनालाई छुट दिन सक्दैन।

जापानी प्रधानमन्त्री शिन्जो आबेले पहिलो पटक अवलम्बन गरेको “दुई सागरको संगम” को मर्म चिन्तन गर्दा, जापानले इन्डो प्यासिफिकको अमेरिकी अवधारणा “ओभरल्याप” गरेजस्तो देखिए पनि पूर्वाधारलाई पूर्वी एसियाबाट मध्यपूर्व र अफ्रिकासम्म प्रवर्द्धन गर्न विशेष जोड दिएको छ। आसियान राष्ट्रले इन्डो प्यासिफिकलाई अझ बढी व्यवहारिक रूपमा लिएका छन्। उनीहरूले समुद्री सहकार्य, कनेक्टिभिटी, दिगो विकास र अर्थतन्त्र  चार पक्षमा आधारित रणनीति बनाएका छन्।

भारतको इन्डो प्यासिफिक परिकल्पना पूर्वमा भारतीय विस्तारको एउटा अंश हो। पहिले “लुक इस्ट” नीति थियो। अहिले “एक्ट इस्ट” नीति बनाइएको छ। अमेरिकाले यो क्षेत्रमा भारतीय भूमिकालाई बढी जोड दिए पनि, भारतको इन्डो प्यासिफिक रणनीति प्रष्ट छैन। “स्वतन्त्र र खुला इन्डो प्यासिफिक”को बहस गर्ने नयाँदिल्लीले चीनलाई समावेश गर्ने नगर्नेबारे निर्णय गर्न सकेको छैन।

भारतले सुरूमा अष्ट्रेलिया, जापान र अमेरिका सम्मिलित चार देशको समूहको पक्ष लिएको थियो। परिवहनको स्वतन्त्रता र संवादमार्फत विवाद समाधान गर्ने विशेषतासहितको नियममा आधारित व्यवस्था सम्बन्धी अमेरिकी गठबन्धनको चासोमा भारतले सहमति जनाए पनि, चीनलाई सङ्केत गर्दै, कुनै राज्य विशेषलाई निषेध गर्नु देशको इन्डो प्यासिफिक अवधारणा नभएको उल्लेख गरेको छ।भारतले छोटकरीमा सागर भनिने “सेक्युरिटी एन्ड ग्रोथ फर अल इन द रिजन” पद्धतिलाई समानान्तर जोड दिएको छ।

परिकल्पना गरिएका सबै स्थानजस्तै, इन्डो प्यासिफिक विवादित व्याख्याको उपज हो। यसले यो क्षेत्रमा विपरीत रणनीतिक सरोकारवालाबीच सङ्घर्ष गर्नुपर्ने आवश्यकता भएको द्वन्द्वात्मक परिकल्पना र संरचनाको आवश्यकता औंल्याएको छ।

उदाउँदो चीन, अट्टेरी अमेरिका र चालु इन्डो प्यासिफिकका क्षेत्रीय पक्षहरूले यो क्षेत्रकै राजनीति परिभाषित गर्ने सम्भावना छ। यसको बहुल सम्भावना पनि खुला छ।

-उदयन दास सेन्ट जेभियर्स कलेज, कोलकाता, भारतका राजनीतिशास्त्रका सहायक प्राध्यापक हुन्।
 

 Published Date: Friday, 9th August 06:55:49 AM