शनिबार, साउन ३१, २०७७

मूडले व्यायाममा पार्ने प्रभाव

मूड राम्रो हुँदा व्यायाम झनै राम्रो हुन्छ भन्ने छैन। तर तनाववा रिसमार्नलाई मेहनत गरेर पसिना बगाएको सम्झिनुहोस् त ? व्यायाम र मूडबीच सम्बन्ध हुन्छ। त्यसैको प्रभाव परेको हो।

व्यायाम प्रभावकारी हुनु वा नहुनुमा तनावको महत्त्वपूर्ण भूमिका हुन्छ। “व्यक्तिको व्यायाम प्रभावकारी हुनु वा नहुनुमा तनावको प्रत्यक्ष सम्बन्ध हुन्छ,” हेल्थ एन्ड पर्मफर्मेन्स साइकोलोजिस्ट लियाह लागोसले बताइन्। तर यी भावना व्यायाममा कसरी अनुवाद हुन्छ त्यो भने व्यक्ति अनुसार भिन्न हुने उनी बताउँछिन्।

डा.लागोसले बताएअनुसार अधिक तनावले हार्ट रेट भेरिएबिलिटी (एचआरभी) प्रभावित हुन्छ। एचआरभी शरिरको स्वचालित स्नायु प्रणालीको प्रतिक्रियाको मानक हो। तनावलाई शरिरले कति प्रभावकारी रूपमा सम्बोधन गर्छ र त्यसबाट मुक्ति पाउँछ एचआरभीले देखाउँछ। 

“एचआरभी न्युन भएको व्यक्तिलाई रोग, उदासिनताजस्ता मनोवैज्ञानिक अवस्था र आत्म नियमन गर्ने क्षमता ह्रास हुने जोखिम धेरै हुन्छ। एचआरभी धेरै भए रेजिलियन्स, अनुकूलन क्षमता बढ्ने र स्वास्थ्य राम्रो हुने देखिएको छ,” उनले भनिन् । एचआरभी व्यक्ति अनुसार फरक पर्छ । कुनै दिन कसैको एचआरभी थोरै वा धेरै छ भनेर पत्ता लगाउन एचआरभी निरन्तर अनुगमन गर्नुपर्छ र आधाररेखासँग तुलना गर्नुपर्छ ।

“आराम गरेको अवस्थामा बिहानदेखि प्रत्येक घण्टा एचआरभी नापेर तनावको अवधि र त्यसबाट लाभको अभावबारे थाहा पाउन सकिन्छ। यसले स्वास्थ्य अभिवृद्धि गर्नलाई दिनको योजना बनाउन सहयोग पुग्छ,” उनले बताइन्। तन्दुरूस्तीको दृष्टिकोणबाट एचआरभी तालिमले स्नायु प्रणालीको नियन्त्रण र संज्ञानात्मक क्षमता बढाउने उनी बताउँछिन्।

एचआरभी अनुगमनले तरल तनावसँग व्यक्तिको शरिरले जीवनभरि कस्तो प्रतिक्रिया जनाइरहेको छ त्यसबारे जानकारी दिन्छ। यसले कति जोड लगाउने र कहिले विश्राम लिनेबारे सूचित गराउँछ। अर्कोतिर मनस्थिती पनि राम्रो बनाउँछ।

कसरतले डोपामाइन, नोरेपिनाफ्रिन र सेरोटोनिन मष्तिष्कमा तुरून्तै सञ्चार गर्ने अनुसन्धाताले पत्ता लगाएका छन्। त्यसैले चिन्ता र उदासिनताको सवालमा कसरतको नियमित अध्ययन हुन्छ। आधा घण्टाको शारीरिक गतिविधीले स्वास्थ्यमा निकै फाइदा पुग्ने अधिकांशले बताएका छन्।

क्लिनिकल एन्ड स्पोर्ट साइकोलोजिस्ट केन्सा गुन्टरले शरिर र मष्तिष्को सम्बन्धका कारण मूडले खेलकौशलमा प्रभाव पर्ने बताइन्। “हाम्रो मानसिक अवस्थाले शारीरिक अवस्थामा र शारीरिकले मानसिक अवस्थामा प्रभाव पार्छ,“ उनी भन्छिन्,“तनाव, नैराश्यजस्ता भावना निकाल्नलाई शारीरिक अभ्यास गर्ने गर्छौं। यसले शारीरिक रूपले राम्रो अनुभव गराउँछ। शारीरिक गतिविधीमा संलग्न भए भावनात्मक वा मानसिक तनावबाट मुक्ति पाइन्छ।” तर भावनात्मक रूपले गम्भीर अवस्थामा भएको बेला सबैको कसरत राम्रो हुन्छ भन्ने छैन। 

“गतिविधीभन्दा अघि सबैको मूड भिन्न हुन्छ,” डा. गुन्टर भन्छिन्,“कसैको मूड राम्रो हुनसक्छ र व्यायामले थप फाइदा पुग्छ। मूड खराब भएकाले दौडने वा पौडिने गर्नाले पनि मूड बनाउन सहयोग पुग्छ।”

 Published Date: Sunday, 14th June 07:10:56 AM