शनिबार, साउन ३१, २०७७

बालबालिका र किशोर किशोरीलाई मोटोपनको समस्या दश गुणा धेरै

विश्वमा मोटोपनको समस्या सामना गरिरहेका बालबालिका र किशोरकिशोरीको संख्या बढ्ने एक अध्ययनले जनाएको छ। शरिरको तौल कम हुने समस्याभन्दा यो झनै ठूलो हुने अध्ययनमा देखिएको छ।

विकसित देशले लामो समयदेखि झेलिरहेको मोटोपन अब विकासोन्मुख देशका बालबालिकाका लागि जोखिम बनेको छ। शारीरक तौल कम हुने समस्या भोगिरहेका आधा जनसंख्या भारतमा छन्। स्वस्थ जीवनशैली र आहारको अभावले भारतमा पनि समस्या बढ्दै गएको छ। न्युन र मध्यम आय भएका देशका बालबालिका मोटोपनको समस्यामा जेलिने क्रम तिव्र बढिरहेको  छ।

- न्युन र मध्यम आय भएका देश विशेष गरि पूर्वी, दक्षिण र दक्षिणपूर्वी एसियामा बालबालिकारकिशोरकिशोरीमा हुने मोटोपन बढेको छ ।

- सन् २००० यता थुप्रै उच्च आय भएका देशमा यो स्थिर छ ।

- सस्ता, प्रशोधित र क्यालोरीले भरिएका तर पोषणको अभाव भएका खानेकुराले मोटोपन बढाउने । 

- शारीरिक तौल कम भएका बालबालिकालाई विशेष गरि कार्बोहाइड्रेट बढि भए बढि तौल हुने समस्या हुने विशेषज्ञहरू बताउछँन् ।

- भारतमा चामल र गहुँ मुख्य अन्न हो। यसमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। तर कुपोषण भएकालाई अण्डा वा दालजस्ता प्रोटिन धेरै भएका खानेकुरा आवश्यक हुन्छ ।

मोटोपन कसरी निर्धारण गरिन्छ ?

- अध्ययनले सन् १९७५ देखि २०१६ सम्म बालबालिका, किशोरकिशोरी र वयस्कको बडी मास इन्डेक्स (बिएमआइ) अध्ययन गरेको थियो ।

- व्यक्तिको शारीरिक तौल (केजी) लाई निजको उचाइँको वर्गले भाग गरेर बिएमआइ निर्धारण गरिन्छ ।

- सामान्यतया बिएमआइ ३० वा बढि भएको व्यक्तिलाई मोटोपन भएको बुझिन्छ ।

- २५ भन्दा धेरै बिएमआइ भए शारीरिक तौल धेरै भएको मानिन्छ  ।

शारीरिक तौल कम भएका ५० प्रतिशत बालबालिका भारतमा छन्  । सन् २०१६ मा नौ करोड सत्तरी लाख बालबालिका र किशोरकिशोरीको शारीरिक तौल मध्यम वा अत्यन्तै कम थियो। वास्तवमा गएको चार दशकयता शारीरिक तौल मध्यम वा अत्यन्तै कम भएको जनसंख्या भारतमा विश्वकै उच्च छ।

सन् २०१६ मा महिला र पुरूष दुवैको बिएमआइ न्युन भएको देशमा भारत पनि परेको थियो। मोटोपन अहिले भारतको समस्या बन्दै गएको छ। भातरको शहरी क्षेत्रमा ३० प्रतिशत बालबालिकाले मोटोपनको समस्या झेलिरहेको विशेषज्ञहरू बताउँछन्।

 Published Date: Saturday, 20th June 07:23:38 AM