मंगलबार, जेठ २०, २०७७

कोभिड-१९ को संक्रमण भएमा श्वासप्रश्वास स्वास्थ्य कसरी सुधार गर्ने

| तस्वीर:फाइल

कोभिड-१९ श्वासप्रश्वाससम्बन्धी रोग हो । संक्रमित व्यक्तिको श्वासप्रश्वास प्रणालीको अवस्थाले रोग कस्तो हुन्छ निर्धारण गर्छ । पहिले भाइरसले फोक्सोमा कसरी आक्रमण गर्छ त्यो बुझ्नु महत्त्वपूर्ण छ। संक्रमित भएपछि भाइरस म्युकस मेम्ब्रेन हुँदै फोक्सोसम्म पुग्छ। संक्रमण नियन्त्रण गर्न शरिरले फोक्सोमा जलनको प्रतिक्रिया दिन्छ। यो जलनले रगतमा अक्सिजन पुर्‍याउन र कार्बनडाइअक्साइड हटाउन दिदैन। त्यसैले बिरामीलाई सास फेर्न कठिनाइ हुन्छ र अझ गम्भीर समस्या हुन्छ।

जीवनशैलीमा केहि परिवर्तन गरे श्वासप्रश्वास स्वास्थ्यमा सुधार ल्याउन सकिने लस एन्जलसको सेडार्स सिनाइ मेडिकल सेन्टका एलर्जीस्ट तथा इम्युनोलोजिस् डा. रोबर्ट इचेसले बताए। श्वासप्रश्वास प्रणाली स्वस्थ्य भए संक्रमण रोकथाम नहुने तर संक्रमित भए गम्भीर समस्या हुनबाट रोक्न भने सहयोग पुर्यााउने उनी बताउँछन्।

शरिरको श्वासप्रश्वास क्षमता बलियो बनाउने उपायहरूः 

धुमपान नगर्ने

फोक्सोको काम गर्ने क्षमतामा क्षति पुर्या उने धुमपान र भेपिङ लगायत सबै कुरा त्याग्नुपर्ने डा. इचेसले बताए। धुमपान र भेपिङले फोक्सोको वायुमार्गमा जलन उत्पन्न गर्छ। हावाको विनिमय हुने फोक्सोको टिस्यु नष्ट गरेर फोक्समा स्थायी र नकारात्मक प्रभाव पर्छ। “धुवाँमा मसिना कण हुन्छन्। सासको माध्यमबाट भित्र पसे ती कणहरू फोक्सोमै अड्किन्छन्,” डा. इचेसले भने,“फोक्सोमा स्थायी क्षतिको दुष्चक्र यहिबाट सुरू हुन्छ।” दुवै गतिविधीले संक्रमण विरूद्ध लड्ने रोग प्रतिरोधात्मक प्रणाली पनि कमजोर हुनसक्छ।

येल स्कूल अफ मेडिसिनका एलर्जीस्ट इम्युनोलोजिस्ट तथा सहायक प्राध्यापक डा. रायन स्टिलले गाँजाको प्रयोगबाट पनि सावधान गराएका छन्। “गाँजाको फाइदाबारे धेरै विवाद छन्। तर फोक्सोमा ज्वलनशील उत्पादनलाई फोक्सोमा प्रवेश गराउँदा तनाव र जलन बढ्छ,” उनले भने,“यो अवस्थामा मेडिकल प्रयोजनकै लागि भए पनि जलाउने र फोक्सोमा प्रवेश गर्नसक्ने सबै वस्तुबाट सावधान रहनुपर्छ।” आगो वा मैनबत्तीको छेउमा बस्नु पनि हानिकारक हुनसक्ने डा.इचेसले बताए। काठ वा दाउरा बाल्दा वातावरणमा धुँवा उत्सर्जन हुन्छ। सासको माध्यमबाट फोक्सोमा पुग्छ। मैनबत्तीमा धातु सलेदो भए जलेर धुँवामा मिसिन्छ र फोक्सोमा हानि पुग्छ।

कसरत

कसरतले श्वासप्रश्वास क्षमता बढाउँछ। फोक्सोमा साना, बलुन आकारको थुप्रै थैली हुन्छन्। त्यसलाई एल्भियोली भनिन्छ। यिनीहरूले रगतमा फोक्सो र कार्बन डाइअक्साइडको आदानप्रदान गर्छन्। त्यसैले श्वासप्रश्वास प्रणालीका लागि निकै महत्त्वपूर्ण पनि छन्। व्यक्ति निष्क्रिय हुँदा “एटिलेक्टेसिस” हुने स्टिलले बताए। ती थैलीमा पर्याप्त हामा हुँदैन र थोरै खुम्चिन्छन्। थैलीको क्षमता बढाउन प्रतिरोध विरूद्ध सास फेर्नुपर्ने उनले बताए। “आंशिक रूपमा हावा भरिएको बेलुनकै रूपमा लिन सकिन्छ,” उनी भन्छन्,“अनि बेलुनभित्र हावा कसरी राख्नेरु त्यसलाई गाँठो बनाउने, हावा बाहिर निसक्न कठिनाइ हुन्छ।”

कसरत गर्दा प्रतिरोध विरूद्ध सास फेर्नुपर्छ। यसले ती हावाका थैली फुकाउन र खुला राख्न सहयोग पुग्ने स्टिलले बताए। कार्डियो, योगा, स्ट्रेचिङका साथै पर्स्ड अप ब्रिदिङ र नाकबाट लामो सास फेर्नाले पनि निकै फाइदा पुर्यारउनेछ। पर्स्ड अप लिप ब्रिदिङमा गहिरो सास बनाएर ओंठ बन्द गरिन्छ र बेलुन फुकेजस्तै फुकिन्छ।

फोक्सोको कार्यसम्पादनमा सुधार ल्याए फोक्सोमा गम्भीर प्रभाव पर्ने सम्भावना कम हुने डा. इचेसले बताए। “रेस्पिरेटरले वायुमार्ग खोल्ने प्रयास गर्छ। कसरले श्वास्प्रश्वासका दुष्प्रभावहरू आफैं कसरी ठिक पार्ने सिकाउँछ।” कसरलतले शरिरमा जलन पनि कम गर्ने स्टिलले बताए। यसले एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमको सम्भावना पनि कम गर्छ। कोभिड १९ का कारण अस्पताल भर्ना भएका केहि बिरामीमा यस्तो गम्भीर अवस्था पनि देखिन्छ।

खकार 

“खकार शरिरमा प्राकृतिक रूपमै उत्पादन हुन्छ। श्वाप्रश्वास नलीको स्वास्थ्यका लागि यो एकदमै महत्त्वपूर्ण छ,” स्टिलले भने,“यसले एलर्जेन, ब्याक्टेरिया र भाइरस समात्न सहयोग गर्छ।” श्वासप्रश्वास नलीमा सिलिया भनिने साना रौं हुन्छन्। यसले ती जोखिमलाई नलीबाट हटाउँछ। धेरैजसो खकार हामीले निले पनि नाकको द्वारमा जलन भए धेरै खकार उत्पादन हुने र सफा गर्न नसकिने स्टिलले बताए।

यसो हुँदा ब्याक्टेरिया र भाइरस फैलिने सम्भावना बढ्छ, र अक्सिजन फोक्सोसम्म पुग्न सक्दैन। फोक्सोमा पनि खकार हुन्छ। दम भएका व्यक्तिको शरिरमा धेरै खकार उत्पादन हुन्छ। यसले वायुमार्गमा बाधा उत्पन्न हुने र जलन हुने स्टिलले बताए। खकार र आहारबीच सम्बन्ध हुनसक्छ। “दुध र गहुँले खकार बढाउने केहिको विश्वास छ,” इचेस भन्छन्,“मसालेदार खानाले पनि यस्तो भएको देखिन्छ।” क्याप्साइसिन भएका खुर्सानी, हालेपिनो, कायिन, हट ससले खकार पातलो बनाउने र खोकेर बाहिर निकाल्न सहयोग गर्छ।

अत्यधिक खकार नियन्त्रण गर्ने केहि विधी छन्। एलर्जी भए सलाइन नेजल स्प्रे प्रयोग गर्न सकिन्छ। दमका बिरामीले इन्हेलर प्रयोग गरेर जलन कम गर्न सक्छन्। यसले पनि खकार घट्छ। तातोपानीमा नुहाए वा पानी उमालेर रूमाल भिझाइ “कम्प्रेस” गरे पनि सहयोग पुग्छ। वाफले खकार पातलो बनाउन सहयोग गर्छ। “खकार थोरै भए पनि संक्रमण हुने डर हुन्छ,” स्टिलले भने,“धेरै भए सास फेर्न क्षमतामा बाधा पुर्यानउँछ र संक्रमण बढाउँछ।”

एलर्जेनको सम्पर्कमा नआउने

घरभित्र पनि धुलो हुन्छ। यो बसन्त ऋतु पनि आएको छ। जताततै परागकण छ। दुवैले एलर्जी र दम हुनसक्ने इचेस बताउँछन्। हाम्रो वायुमारगमा सफा हावा प्रवेश गराउनलाई नाकले निकै राम्ररी काम गर्नुपर्छ। “एलर्जी हुने व्यक्तिको नाकको भित्री तन्तु सुन्निन्छ र सिङ्गान, खकार बढि उत्पादन हुन्छ,” उनले भने,“नाकबाट सास फेर्न नसके मुखबाट सास फेर्न सुरू हुन्छ। फोक्सोलाई नाकबाट न्यानो, सफा र आर्द्रतायुक्त हावा चाहिन्छ। त्यस्तो हावा मुखबाट पाइँदैन।” सफाइ र एयर फिल्टरकोप्रयोगले धुलो र औषधीले एलर्जी व्यवस्थापन गर्न सकिन्छ। हात सफा राखे भाइरसको संक्रमण रोकथाम गर्न सकिन्छ।

हाइ एफिसियन्सी पार्टिकुलेट एयर (एचइपिए)  फिल्टरले हावबाट बहुसंख्यक एलर्जेन हटाउने स्टिलले बताए। एयर कन्डिसनिङ रेजिस्टर पनि सफा गर्नुपर्छ। घरपालुवा पशु बाहिरबाट घर ल्याउँदा पुछ्नुहोस्। यस्ता विधीको अभ्यास गरे, कोरोनाभाइरसको संक्रमण भएको अवस्थामा गम्भीर बिरामी नुहने इचेसले बताए। “यी सुझावले तत्काल फाइदा दिन्छ तर रातारात कुनै नाटकिय परिवर्तन होला भन्ने अपेक्षा नगर्नुहोस्,” उनले भने,“शरिरमा सुधार हुनेछ। कोरोनाभाइरस र अन्य संक्रमण व्यवस्थापन गर्न सक्षम हुनेछ।”
 

 Published Date: Monday, 11th May 07:55:08 AM