शुक्रबार, असोज ९, २०७७

प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा कनौडिया 

फाइल

बुटवल, साउन २० :  प्रदेश नम्बर ५ को प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन्।

कांग्रेस संसदीय दलको मंगलबार बुटवलमा बसेको बैठकले कनौडियालाई संसदीय दलको नेता चयन गरेको हो। कनौडिया कपिलवस्तु ३ (ख) बाट निर्वाचित सांसद हुन्।

प्रतिपक्षी दलका नेता रहेका बलदेव शर्मा पोखरेलको गत माघ ८ मा निधन भएपछि कनौडियाले कार्यवाहक संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका थिए। 

 Published Date: Tuesday, 4th August 2020 8:36:30 am