शुक्रबार, चैत्र २८, २०७६

चीनबाट ल्याइएका विद्यार्थी क्वारेन्टाइनमा (फोटो फिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वुहानबाट ल्याइएका विद्यार्थी। | तस्वीर:रिवाज राई

काठमाडौं, फागुन ४ : चीनको वुहानबाट ल्याइएका एक सय ७५ जर्नालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ।

आज बिहान उनीहरुलाई  विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो। उनीहरूलाई एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेको थियो।

चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र  लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई  एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको थियो।