मंगलबार, चैत्र १८, २०७६

ओस्कारमा महिलाको भूमिका

ओस्कार सुरू भएको ९० वर्षभन्दा धेरै भसक्यो। तर कस्ट्युम डिजाइनबाहेक सबै विधामा महिला विजेताको संख्या एकदमै थोरै छ। आइतबार हुने ९२ औं संस्करणको एकेडेमी अवार्ड्समा पुरूषकै वर्चश्व देखिन्छ।

१५ प्रतिशत महिला विजेता

पहिलो ओस्कार समारोह सन् १९२९ मा भएको थियो। एएफपीले व्यक्तिगत अवार्ड जित्ने विजेताको विश्लेषण गर्दा अभिनय र चलचित्र निर्माणका लागि ओस्कार जित्ने महिलाको संख्या १५ प्रतिशत मात्रै रहेको देखिएको छ। अर्थात् जम्मा २,४३५ विजेतामध्ये ३७६ जना मात्रै महिला छन्।

लैङ्गिक विशेष अभिनेता र अभिनेत्रीलाई छुट्याउने हो भने यो अनुपात दश प्रतिशतमा झर्छ। अर्थात् जम्मा २,०८५ मध्ये २०१ जना मात्रै महिला विजेता हुन्छन्। समयसँगै महिला विजेताको संख्या बढ्दै गए पनि अझै अल्पसंख्यक नै छन्।

ओस्कारको पहिलो दश वर्षमा १३ प्रतिशत विजेता महिला थिए। त्यसम पनि महिला र पुरूष दुवैका लागि खुल्ला राखिएका विधामा मात्रै चार प्रतिशत विजेता महिला थिए। पछिल्ला दशकहरूमा ओस्कार जित्ने महिलाको संख्या बढेर २२ प्रतिशत पुगेको छ। मिश्रित विधामा १७ प्रतिशत विजेता महिला छन्।

सबैभन्दा “फेमिनिन” ओस्कार सन् २०१६ मा भएको थियो। जुरीले ३० मिश्रित अवार्डमध्ये ११ वटा वा ३७ प्रतिशत महिलालाई दिएका थिए।

महिलाले नजितेको क्षेत्र

सिनेमाटोग्राफी विधामा अहिलेसम्म महिलाले ओस्कार जितेका छैनन्। अमेरिकी नागरिक क्थाथरिन बिगेलोले सन् २०१० मा “द हर्ट लकर” का लागि उत्कृष्ट निर्देशनको ओस्कार जितिन्। यो वर्ष कुनै पनि महिला मनोनित भएका छैनन्।

ध्वनी मिश्रणमा २०७ मध्ये एक जना मात्रै महिलाले ओस्कार जितेकी छिन्। सन् २०११ मा चलचित्र “इन्सेप्सन”का लागि अमेरिकाकी लोरा हर्सबर्गले ओस्कार जितेकी हुन्। भिजुअल इफेक्ट्सका लागि जम्मा २४० जना विजेतामध्ये अहिलेसम्म दुई जनाले मात्रै ओस्कार जितेका छन्।

वेष्ट ओरिजिनल स्कोरमा १६७ विजेतामध्ये तीन जना महिला छन्। अमेरिकी गीतकार म्यारलिन बर्गम्यानले सन् १९८४ मा “यन्टल”, बेलायती संगीतकार र्याहचल पोर्टम्यानले सन् १९९७ मा “एम्मा” र बेलायती नागरिक एन्न डड्लीले सन् १९९८ मा “द फूल मोन्टी” का लागि ओस्कार पाएका हुन्।

यो वर्ष “जोकर” का लागि आइसल्यान्डकी हिल्डुर गुड्नाडोट्टिर मनोनित भएकी छिन्।

मेकअप र कस्ट्युम

प्रतिनिधित्व कमजोर भए पनि पटकथाको विधामा २७९ मध्ये २१ जना, ध्वनी सम्पादनमा ७२ मध्ये ६, प्रोडक्सन डिजाइनमा २९६ मध्ये २५ जना र चलचित्र सम्पादनमा ११३ मध्ये १५ जना महिलाले ओस्कार जितेका छन्। 

दुई विधामा भने महिलाको उपस्थिति निकै बलियो देखिन्छ   मेकअप तथा केश सज्जा र कस्ट्युम डिजाइन। मेकअप र केश सज्जाका लागि ८१ मध्ये ३० जना (३७ जना) विजेता महिला छन्। कस्ट्युम डिजाइनमा मात्रै पुरूषले भन्दा धेरै महिलाले ओस्कार जितेका छन्। जम्मा ११२ मध्ये ६६ जना वा ५९ प्रतिशतले ओस्कार जितेका छन्। सन् २००० यता महिला विजेताको संख्या ७७ प्रतिशत बढेको छ।

अमेरिकाकी इडिथ हेडले सन् १९५० देखि १९७४ सम्म आठ वटा ओस्कार जितेकी छिन्।

कम उमेरका अभिनेत्री प्राथमिकतामा

अभिनयका लागि महिला र पुरूष विजेताको संख्या बराबर छ। यसमा मुख्य र सहायक भूमिकामा महिला र पुरूषका लागि बेग्लाबेग्लै क्याटगरी बनाइएको छ।

तर कम उमेरका अभिनेत्रीले बढी ओस्कार जितेका छन्। जम्मा ९२ जना महिला अभिनेत्रीमध्ये ११ जना मात्रै ५० वर्षभन्दा धेरै उमेरका छन्। अभिनेताको सवालमा भने २१ प्रतिशत छ। ३२ जना महिला विजेता ३० वर्षभन्दा कम उमेरका छन्।

सन् २००३ मा चलचित्र “द पियानिस्ट” का लागि ओस्कार जितेका एड्रियन ब्रोडी, ३० वर्षमुनिका एकमात्र विजेता हुन्। अर्थात् औसतमा ओस्कार जित्ने पुरूष अभिनेता महिलाभन्दा सात वर्ष पाका हुन्छन्। गएको दशकयता यो अन्तर चार वर्षमा झरेको छ।
 

 Published Date: Monday, 10th February 06:29:38 AM