आईतबार, असोज ५, २०७६

प्रधानमन्त्री भन्छन् – विदेश जानुपर्दैन, कोरिया जाने भन्छन् – यहाँ काम छैन (भिडियो स्टोरी)

| तस्वीर:रिवाज राई

काठमाडौं, जेठ २६ : प्रधानमन्त्री केपी ओलीले गत शुक्रबार भक्तपुरको कटुञ्जेमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै भने – ‘अब काम नपाएर कोही विदेश जानुपर्दैन ।’

तर, भोलिपल्ट शनिबार र आज आइतबार कोरियन भाषा परीक्षा दिन हजारौ नेपाली युवाहरू काठमाडौंका विभिन्न ठाउँमा लाइन बसे। कोरिया जान चाहने नेपाली युवाको पंक्तिले प्रधानमन्त्रीलाई व्यङ्ग्य गरेजस्तै भयो। 

काठमाडौं प्रेसले आइतबार कोरिया जान लाइन बसेका युवालाई सोधेको थियो – प्रधानमन्त्री त कामका लागि कोही युवा विदेश जानुपर्दैन भन्नुहुन्छ, तपाईंहरू के भन्नुहुन्छ?

सुनौँ, उनीहरूको जवाफ –

 Published Date: Sunday, 9th June 19:38:31 PM