मंगलबार, चैत्र १८, २०७६

देशभर मौसम बदली, मेघ गर्जनसहित बर्षाको सम्भावना 

काठमाडौं, फागुन १४ : देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदहरुले जनाएका छन् ।

देशका अधिकांश भूभागमा अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्।

पूर्वी भूभागका केही स्थानमा र मध्य र पश्चिमी क्षेत्रका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । राति मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले अनुमान गरेका छन् ।  

 Published Date: Wednesday, 26th February 08:09:39 AM