सोमबार, मंसिर ३०, २०७६

बढि शुल्क फिर्ताको माग राख्दै युनिभर्सल कलेज भैरहवामा तालावन्दी

काठमाडौं, कात्तिक २५ : युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा एमबीबीएस अध्ययनरत विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै तालाबन्दी गरेका छन्।

तोकिएकोभन्दा बढी शुल्क फिर्ता लगायत ६ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले सोमबार शुल्क फिर्ता गर्न माग राख्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, कलेजको प्रशासन र मानव संशाधन शाखामा तालाबन्दी गरेका हुन्।

विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके अनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्डअनुसार वृद्धि गर्नुपर्ने लगायतको माग राखेका छन्।

यसअघि कलेज प्रशासनले अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति गरेपनि त्यसको कार्यन्वयन गरेको छैन। 

युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाखसम्म बढी शुल्क असुलेको विद्यार्थीहरुको दाबी गर्दै आएका छन् । सरकारको निर्देशन अनुसार रकम फिर्ता गरे ५ सय विद्यार्थीको बढि शुल्क फिर्ता गर्नुपर्छ।

 Published Date: Monday, 11th November 20:38:49 PM